News Portal

  • सांसद पद खुस्केपछि प्रचण्डमाथि प्रभुको आक्रोश

    हिमालीसंचार संवाददाता
    ४२८ पटक

    काठमाडौं – खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन्। माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र त्यागेर एमालेको ओली समूहमा प्रवेश गरेका थिए।

    पार्टी परित्याग गर्ने प्रतिनिधिसभाका चार सदस्यको पार्टी सदस्यता खारेज गर्दै सांसद पदबाटसमेत हटाउन माओवादी केन्द्रले मंगलबार पत्राचार गरेपछि साह तिल्मिलाएका हुन्।

    मन्त्री साहले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्– ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो। आफू चुनाव जित्नलाई नेकपा एमालेसंग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दलत्यागको कानुनी डण्डा चलाउन कुनै नैतिकताले सुहाउँदैन।

    ओली समूहका नेता साहले अगाडि लेखेका छन्– ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन। अर्थात्, रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक–कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...