News Portal

सांसद पद खुस्केपछि प्रचण्डमाथि प्रभुको आक्रोश

हिमालीसंचार संवाददाता
४८१ पटक

काठमाडौं – खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन्। माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र त्यागेर एमालेको ओली समूहमा प्रवेश गरेका थिए।

पार्टी परित्याग गर्ने प्रतिनिधिसभाका चार सदस्यको पार्टी सदस्यता खारेज गर्दै सांसद पदबाटसमेत हटाउन माओवादी केन्द्रले मंगलबार पत्राचार गरेपछि साह तिल्मिलाएका हुन्।

मन्त्री साहले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्– ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो। आफू चुनाव जित्नलाई नेकपा एमालेसंग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दलत्यागको कानुनी डण्डा चलाउन कुनै नैतिकताले सुहाउँदैन।

ओली समूहका नेता साहले अगाडि लेखेका छन्– ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन। अर्थात्, रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक–कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...