News Portal

ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने नेपाल पक्षको तयारी

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ। नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रूपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गर्दे प्रतिकारको तयारी गरेका हुन्।

शुक्रवार साँझ जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत उनीहरूले कार्यकर्तालाई देशव्यापी सक्रिय हुन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेपछि यस्तो अपिल गरेका ११ जनाले तीन दिनपछि फेरि त्यही आह्वान गरेका हुन्।

उनीहरूले प्रधानमन्त्री ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले शुक्रवार साँझ जारी गरेको अपिल अनुसार नेकपा (एमाले) एकीकरण पूर्वको स्थितिमा पुनः स्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै सङ्गठनात्मक संरचनाहरू तथा जनसङ्गठन हरूलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौँ भन्दै विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीहरूको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिस्ट पार्टीहरूको एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका बताएका छन्।

पार्टी अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य नभएको र  उल्टै गत फागुन २८ गते हामीहरूलाई कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लङ्घन गर्दै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरिएकोमा आलोचना गरेका छन्।

साथै उनीहरूले विज्ञप्ति मार्फत  कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो। यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा (एमाले) को सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरिएको बताउँदै  अवैध निर्णय रद्द गरी नेकपा (एमाले) लाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यकालमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गर्‍यौँ।

तर, पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरूको षडयन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहङ्कार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य नभएको जनाएका छन्। नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र सङ्गठनात्मक प्रणालीको रक्षाको लागि  यही चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न हामी बाध्य  भएको दाबी गरेका छन्। ‘राष्ट्रिय कार्यकर्ता भेलाले नेकपा   (एमाले) को सबै संरचना सर्वोच्च अदालतको फैसला अनुरूप पूर्ववत् क्रियाशील तुल्याई पार्टी एकतालाई जोगाउन गरेको आग्रहलाई समेत केपी शर्मा ओलीबाट स्वीकार गरिएन।

प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्‍याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने विभिन्न कामहरू भए। भ्रष्टाचार र अनियमित कार्यहरूको चाँङ्ग लाग्न थाल्यो। देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरू भत्किन थाले। त्यसो नगर्न पार्टीका बैठकहरूमा उहाँलाई पटक–पटक सचेत गराइयो। तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो। यस्तो कार्यका विरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झन्डा उठाउँदै आएको कम्युनिस्ट पार्टीका सबै इमानदार सदस्यहरूको कर्तव्य हुन्थ्यो। हामी त्यही कर्तव्य पूरा गर्न अग्रसर भयौँ ’,भन्ने उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...