News Portal

नेतालाई फुलमालाले मात्र होइन, प्रश्न र सुझावले समेत स्वागत गरौ युवा नेता रविप्रकाश राई(भिडियो सहित)

हिमालीसंचार
६४० पटक

खोटाङ-नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले नेताहरु जिल्ला आउदै गर्दा फुलमालाले मात्र नभई प्रश्न र सकारात्मक आलोचना संगै सुझावले समेत स्वागत गर्नुपर्ने बताएका छन। नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल किरात राई संघ, धनकुटा जिल्ला समिती घोषणा कार्यक्रममा बोल्दै नेता राईले सो बताएका हुन। देशको समसामयिक विषयमा, आन्तरिक संगठनको विषयमा, पार्टीको विचार निर्माण र कार्यान्वयनका सन्दर्भमा जिल्ला तहका नेताले यदी प्रश्न गर्ने हो भने पार्टीको नीति निर्माणका तहमा भएका नेताहरुबाट गल्ती हुन नसक्ने युवा नेता राईले जिकिर गरे।

तपाईहरुका प्रश्न र सुझावले नेतृत्वलाई सच्चिनका लागि उत्प्रेरित गर्ने भएका कारण आलोचनात्मक चेतको विकास गर्नु आवश्यक रहेको नेता राईले बताए। साथै नेता राईले नेपालमा कम्युनिष्टहरु पुर्ण रुपमा असफल भएको बताएका छन। काङ्ग्रेसकै विचारधारामा निर्मित राज्यसत्ता चलाउन काङ्ग्रेसले नै नेतृत्व गर्नुपर्ने कुरा कम्युनिष्ट सरकारको असफलताले प्रमाणित गरिसकेको समेत नेता राईले बताए। किरात राई संघ, धनकुटा जिल्ला समिती गठनको विशेष अवसर पारेर युवा नेता राईले सम्पुर्ण किरात राईहरु संगठित भएर जनजाती र विकासका मुद्धामा काम गर्नुपर्ने बताएका छन। साथै, नेपाली काङ्ग्रेसनै समानुपातिक समावेशिताको वास्तविक पक्षधर भएकाले किरात राईहरु काङ्ग्रेसको विचारमा गोलबद्ध भई राष्ट्र निर्माणमा लाग्नु पर्ने नेता राईले बताए।

 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...