News Portal

ओलीविरुद्ध देशव्यापी कार्यकर्तालाई मैदानमा उत्रन माधव नेपालको आह्वान

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बन्नुभएको छ। आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ।’

देशैभरिका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गर्दै नेता नेपालले ओली एमालेको अध्यक्ष नै नरहेको भन्दै कारवाही गर्ने कुनै अधिकार नभएको जिकीरसमेत गर्नुभयो। ओलीले आफैंले केन्द्रीय कमिटी भंग गरिसकेकाले कारवाही गर्ने अधिकार नभएको उहाँको तर्क थियो।

अध्यक्ष ओलीले सोमबार मात्र नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो। ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गर्नुभयो। ओलीको यो निर्णयसँगै एमालेभित्र ठूलै पहिरो जाने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...