News Portal

कर्णालीमा माधव नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत

हिमालीसंचार संवाददाता
३९५ पटक

नगेन्द्र उपाध्याय/सुर्खेत – सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले पनि साथ छोड्ने तयारी गरेका छन्। चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफुहरुको समर्थन कायमै रहेको बताएको थियो।

‘अब पहिलेको जस्तो अवस्था रहेन्,’ नेपाल समुहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं।’ नेपाल समुहका सांसदहरुले चैत ४ गतेयता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको बैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो समुहले समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए।

सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए। ‘दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुङ्गोमा पुर्याउँछौं,’ उनले भने, ‘अव कर्णालीमा एमालेको नेतृत्वमा सरकार बन्छ।’

उनले पार्टीकोतर्फबाट सरकारका रहेका मन्त्रीहरुले चाँडै राजीनामा दिने पनि बताए। ‘एक साताभित्रै दलको बैठक बस्छ, १९ जना सांसदहरु उपस्थित हुन्छौं,’ उनले भने, ‘एमालेकोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राजीनामा दिनुहुन्छ।’ नेपाल समुहका अर्का सांसद अम्मरबहादुर थापाले आफुहरुले केन्द्रको निर्णय पर्खिएको बताए।

उनले अब बस्ने दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा पनि छलफल हुने बताए। ‘दलका नेताले बैठक आव्हान गरेमा हामी उपस्थित भएर आफ्नो कुराहरु राख्छौं,’ उनले भने, ‘समर्थन फिर्ताको विषय बैठकमै निर्णय हुन्छ।’

एमालेबाट शाही नेतृत्वको सरकारमा तीन जना मन्त्रीहरु सहभागी छन्। ति मध्येका एक मन्त्रीले दलको निर्णयलाई मान्नुको विकल्प नरहेको बताए। ‘दलले समर्थन फिर्ताको निर्णय गरिसकेको छ, त्यसलाई ढिलो चाँडो मान्नैपर्छ,’ ति मन्त्रीले भने, ‘अबको दलको बैठक बस्नुअघिनै हामीले राजीनामा दिनुपर्ने हुन्छ।’

संसदीय दलका नेता यामलाल कँडेलले चाँडै दलको बैठक बस्ने बताए। ‘अहिले सबै माननीयहरुसँग छलफलमा छु,’ उनले भने, ‘निकट भविश्यमै दलको बैठक बस्छ।’ उनले चैत ५ गतेको मितिदेखि लागू हुने गरेर एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनतर्फ आफुहरुको ध्यान केन्द्रीत रहेको बताए।

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक हुँदा कर्णालीसहित सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको थियो। कर्णाली प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसद छन्। यस्तै नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ सांसद छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...