पोखेर कहाँ सकिन्छ र परदेशीको व्याथा !
लेखेर कहाँ सकिन्छ र गाउँवेशीको कथा ?
सुन्नेलाई त सुनैको माला भोग्नेलाई कठीन !
गाँउगरको माया छ मुटुभरी देखाउन सकिन्न!!
गाउँवेशी, मेला, साथी र संगी आगनी भुलेर!
यो मन कहाँ हासेको होला परदेशमा फुलेर!!
हुर्केको आँगन, बाबा र आमा पियारी नानीलाई!
मुटुको टुक्रा छाडे झै हुन्छ परदेश जानेलाई!!
बस्नेको मन निराशै हुन्छ उदासी संगीनी!
झझल्को आउछ आखैमा दिन रात नौडाडै कटेनी!!
नन्दराज राई
लेटाङ खेरुवा, हाल: भारत