News Portal

ओलीको विरोधमा उभिँदा सहिदपुत्रीलाई सहिद प्रतिष्ठानबाटै हटाइयो

हिमालीसंचार संवाददाता
४३१ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको कदमको विरोध गरेकै बहानामा नेकपा ओली समूहले सहिदपुत्री दिव्या घिमिरेलाई सुखानी सहिद समृति प्रतिष्ठानबाट हटाएको छ।

दिव्या झापा आन्दोलनका सहिद नेत्र घिमिरेकी छोरी हुन्। उनले प्रधानमन्त्रीको संसद विघटनको विपक्षमा उभिएकै कारण आफूलाई प्रतिष्ठानबाट हटाइएको गुनासो गरेकी छन्। ‘पहिले सहिद परिवारबाट तपाईं बसिदिनु पर्‍यो भन्दै खोजी-खोजी आएर मलाई प्रतिष्ठानको समितिमा राखियो,’ घिमिरेले भनिन्, ‘यसपटक मैले प्रधानमन्त्रीको कदमको समर्थन गरिनँ। मलाई समितिबाटै हटाइएछ।’

झापा आन्दोलनका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको सम्झनामा स्थापना भएको सुखानी सहिद स्मृति प्रतिष्ठानको अध्यक्ष नेकपा ओली समूहका प्रदेश १ अध्यक्ष देवराज घिमिरे छन्।

झापामा रहेको सुखानी पार्क, सालबारी पार्क निर्माण र रेखदेख गर्ने, पुनःनिर्माण गर्ने, कछुवा संरक्षण केन्द्र चलाउने तथा समुदायमा आधारित कार्यक्रमहरू यो प्रतिष्ठानले गर्दै आएको छ। गएको माघ पहिलो साता समिति पुनःगठन गरेका बेला दिव्यालाई समितिबाट हटाइएको हो।

झापाको अनारमनीका बासिन्दा घिमिरेकी पत्नी जीवन घिमिरे, छोरी दिव्या लगायत सक्रिय राजनीतिमै छन्। दिव्या काठमाडौं क्षेत्र नम्बर २ मा नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ हुन्। फागुन २१ मा हरेक वर्ष झापाको सुखानीमा सहिद स्मृति कार्यक्रम मनाउने गरिएको छ।

यसपटक नेकपा विभाजित भएका कारण पार्टीका दुबै समूहले अलग अलग कार्यक्रम गरेका थिए। ओली समूहले सालबारीमा र प्रचण्ड नेपाल समूहले सुखानीमा कार्यक्रम गरेका थिए। सोही कार्यक्रममा बोल्दै सहिद पुत्री दिव्याले आफूलाई समितिबाट हटाएर ओली समूहले सहिद परिवारको अपमान गरेको बताएकी थिइन्। उनले ओली समूहको कार्यक्रममा आफ्नो परिवार, रामनाथ दाहालको परिवारलाई नबोलाइएको समेत बताइन्।

सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले भने सालबारीमा आयोजना भएको कार्यक्रमको आयोजक प्रतिष्ठान नभएका कारण कसलाई बोलाउने नबोलाउने आयोजककै जिम्मा हुने बताए। सहिद पुत्री दिव्यालाई प्रतिष्ठानबाट हटाएको पनि उनले अस्वीकार गरे। ‘पुस ११ गते साधारणसभा हुँदा उहाँ परिवारमा कोरोना भएर आउन सक्नुभएन,’ भट्टराईले भने, ‘त्यहीबेला समिति बनाएका कारण उहाँ पर्नुभएन।’

दिव्याले परिवारमा कोरोना लागेर आउन नपाउने जानकारी गराएको भने उनले स्वीकार गरे। सहिदपुत्रीलाई प्रतिष्ठानबाट हटाएको हो भन्ने प्रश्नमा भट्टराईले भने, ‘प्रतिष्ठानमा केही सिट अझै खाली छ। मान्छे राख्न बाँकी नै छ। उहाँलाई हटाएको होइन। तर, अहिलेको समितिमा उहाँको नाम नभएको चाहिँ हो।’

सहिद पुत्री दिव्याले ‘अलि बढी भावनात्मक कुरा गरेको’ उनको भनाइ छ। ‘उहाँ अलि सेन्टिमेन्टल हुनुभयो,’ उनले थपे ‘हटाएको, त्यस्तो गरेको केही होइन।’ २०२८ सालमा सुरु भएको झापा आन्दोलन नेपालमा कम्युनिष्ट आन्दोलनको उत्कर्ष घटनाका रुपमा लिइन्छ। सोही आन्दोलनमा सहभागी भएवापत यी पाँच जनालाई पञ्चायत सरकारले २०२९ फागुन २१ का दिन जेल सरुवाको बहानामा सुखानी जंगलमा लगेर सफाया गरेको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...