News Portal

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम

हिमालीसंचार संवाददाता
३७१ पटक

सरिता श्रेष्ठ/धादिङ – सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै नेपालीहरू अलपत्र परेका छन्। दैनिक हजारौं नेपालीहरू विभिन्न देशमा रोजगारीका लागि जान बाध्य छन्। गाँउ खाली नै हुने गरी युवाहरू वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ। एकातिर गाउँमा सामाजिक, साँस्कृतिक गतिविधि र कोही बिरामी हुँदा अस्पतालसम्म सजिलै पुर्‍याउनसमेत युवाको अभाव देखिन्छ। अर्कोतर्फ वैदेशिक रोजगारका क्रममा नेपाली युवाहरू आफू सुरक्षित, सम्मानित र व्यवस्थित बन्न सकेका छैनन्।

वैदेशिक रोजगारीमा जाने तथा फर्केका मानिसहरूलाई लक्षित गर्दै धादिङको नीलकण्ठ नगरपालिकाले समुदाय स्तरमा जनचेतना फैलाउँदै आएको छ। वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नगरपालिकाले समुदाय स्तरमा काम थालेको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिए।

‘धादिङबाट वैदेशिक रोजगारीमा गएकाहरूमध्ये केही अलपत्र परेको, हराएको, सीप नसिक्दा पीडा झल्नुपरेको जस्ता समस्याहरू छन्,’ उनले भने, ‘अब वैदेशिक रोजगारीमा जानेलाई समस्या नहोस् भन्ने उद्धेश्यले सचेतना फैलाउने काम गरिरहेका छौं।’ स्वदेशमै रोजगारी गरौं, यदि विदेश जानै पर्नेभए सही सूचना र सिप सिकेर जाउ’ भन्ने नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकाका स्थानीयलाई सचेतना फैलाउँदै आएको बताइएको छ।

सचेतना अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा सामुदायिक अभिमुखीकरण अन्तर्गत पहिलो चरणको समूह छलफल गरिएको छ। वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादीत बनाउनको लागि समूह स्तरमै गएर जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा उक्त परियोजनाका कार्यक्रम संयोजक दुवाडी, आप्रवासी श्रोत केन्द्रका परामर्शकर्ता विनोद ढकाल र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहिजकरण गरेका थिए। कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा कागजपत्रको, सीपको महत्व, इजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदालगायतका विषयमा जानकारी गराइएको आयोजकको भनाइ छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...