News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • केपी ओलीसंग १ सय भन्दा बढी सांसद रहेको दावी, पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने : विशाल भट्टराई

    हिमालीसंचार संवाददाता
    ३६८ पटक

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले १ सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयार रहेको पनि भट्टराईले दावी गरेका छन्। 

    गत शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन् । 

    भट्टराईका अनुसार, ‘प्रधानमन्त्री ओली अल्पमतमा  भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबीका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि १ सयभन्दा बढी सांसद रहेका छन् ।’

    उनले जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरुको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल भएको उनको भनाई थियो । 

    प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ थियो। सर्वोच्च अदालतले गत पुष ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरुले सम्मान गर्ने समेत बताएका भट्टराईले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिश गरिसकेको बताए । 

    संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले बताउदै आफूहरुले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए । तर, चितवनको सभास्थल छोडेर काठमाडौं आएका दाहाल–नेपाल हस्याङ्फस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गर्दै भने प्रचण्ड र माधव नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको छ ।

    तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका थिए । उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनको धारणा थियो । 

    संसदको अधिवेशन (फागुन २३) गते अघि नै आफूहरुको संसदीय दलको बैठक बस्ने पनी जानकारी दिए । उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उनले आग्रह समेत गरे । तत्काल नआएपनि केही नगर्ने उनले जनाए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने जिकिर गर्दै पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही हुने पनि उनले चेतावनी दिएका थिए । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे । उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा थियो । तर, अहिले नेकपा नफुटेकोले आफूहरुसँग नै एकल बहुमत रहेको भट्टराईको जिकिर छ ।

    उनले भने,‘अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम दिन जरुरी छैन ।’ निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले दावी गरे । 

    प्रतिकृया दिनुहोस्

    खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा अस्तव्यस्त

    काठमाडौं, वैशाख १४ – देशभरको मौसममा आएको खराबीका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने...

    गभर्नर नियुक्ति विवाद : सर्वोच्चमा सुनुवाइ फेरि सारियो

    काठमाडौं, वैशाख १४ – गभर्नर नियुक्तिका सम्बन्धमा दायर रिट तथा पूरक निवेदनमा आज पनि सर्वोच्च...

    श्री ५ को चर्चा भयो भने श्री ३ पनि फर्काउने? सांसद रिजालको जिज्ञासा

    १४ वैशाख, काठमाडौं – नेपालमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गरेको तथ्य स्मरण गराउँदै नेकपा...

    प्रतिनिधि सभामा पाँच विधेयक अगाडि बढाइँदै

    काठमाडौं, वैशाख १४ – आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न पाँच वटा विधेयकहरूलाई अगाडि...

    आजको राशिफल

    आज वैशाख १४, २०८२ (अप्रिल २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...