News Portal

  • महासघं केन्द्रको पत्र सकारात्मक, एकतर्फी अधिवेशन मान्य नहुने !

    हिमालीसंचार संवाददाता
    २७१ पटक

    सागर सुवेदी/अस्ट्रलिया – पत्रकार महासंघ युरोप च्याप्टरको विवाद शाखा स्थापनाको समयदेखि नै हो भन्दा फरक नपर्ला। आजका मितिसम्म विवादबाटै गुज्रिरहेको यो शाखालाई अध्यक्ष केजिन राईले पार्टीको भर्ती केन्द्र बनाएपछि शाखाको विवाद उत्कर्षमा पुगेको थियो।

    यो विवादलाई हेरेका युरोपस्थित पत्रकारहरू अध्यक्ष राइको कार्यप्रति वाक्क बनिसकेको अवस्था थियो। यसैक्रममा राईलाई कार्यसमितिको बहुमत सदस्यले निलम्बन गरेर केन्द्रलाई अगाडिका प्रक्रिया कार्यान्वयनको निम्ति पठायो र कार्यवाहक अध्यक्षको जिम्मेवारी डिल्लीराम अम्माइलाई दियो।

    कार्यसमितिको अधिक बहुमत सदस्य तथा पदाधिकारीले राईलाई निलम्बन गरे तापनि केन्द्रिय अध्यक्षको भित्री सहयोगमा आफू कार्यकारी अध्यक्ष बनेर आफ्ना गतिविधि गरिरहेको विषयमा यहाँ चर्चा चल्दै आएको थियो।

    कार्यसमितिका तत्कालिन वरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डिल्ली अम्माइ र महासचिव योगेन्द्र मिलन छन्त्यालले गम्भीर आरोप लगाएर निलम्बन गरिएका राईमाथि पत्रकार महासंघको लेटरहेड प्रयोग गरेर नेपालबाट मानिसहरूलाई युरोप ल्याएको आरोप लागेको अवस्था, कुनै पनि विषय कार्यसमितिबाट पास नगरी आफूले जे चाह्यो त्यही गर्ने, संस्थाको हिसाबकिताब पारदर्शी नभएको, कोषाध्यक्ष नामको पदलाई नाम मात्रकै बनाएको, कार्यसमितिमा कसैको नसुन्ने र एकपक्षीय रूपमा निर्णय गर्ने, पछिल्लो समयमा त झन् आफूसम्बद्ध पार्टीका सदस्य भएको व्यक्तिलाई मात्र पत्रकार महासंघको सदस्य बनाउने र उनका गतिविधिलाई समर्थन नगर्ने पत्रकारलाई सदस्यतासमेत सिफारिस नगरिदिने व्यवहार गर्दै आएका थिए।

    पछिल्लो समय राई अत्याधिक विवादित त्यतिबेला बने जब उनले आफ्नो नाम नै बदलेर माओवादीनिकट पत्रकारहरूको संगठनको युरोप प्रमुख बने। एक स्वतन्त्र पत्रकारहरुको संगठनको शाखा अध्यक्ष रहिरहेकै अवस्थामा एक पार्टीको भातृ–संगठननिकट संगठन बन्दा राईलाई पदलोलुपको आरोप पनि लाग्यो।

    यसैबीच निलम्बित अध्यक्ष राईले युरोपमा रहेका पुराना तथा सक्रिय संचारकर्मीहरूलाई बाहिर राखेर अधिवेशन आयोजना गर्दै थिए भने, कार्यकारी अध्यक्ष अम्माईको समूहले विधानअन्तर्गत रहेर आफ्ना गतिविधि गरिनुपर्छ भनेर केन्द्रमा दबाब दिँदै आइरहेको थियो।

    यस सिलसिलामा पत्रकार महासंघ केन्द्रले सबै वैदेशिक शाखाका नाममा निर्देशन जारी गर्दै महासंघको विधानलाई ध्यान दिएर आफ्ना गतिविधि गर्न निर्देशन दिएको छ। जसमा भनिएको छ, महासंघको विधानअनुरुप अधिवेशन गरिएको ३० दिनपछि निर्वाचन प्रक्रिया हुनेछ, साथै अधिवेशनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदनउपर छलफल र पारित हुनुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ।

    यो विषयमा कार्यवाहक अध्यक्ष डिल्ली अम्माइसँग प्रतिक्रिया माग्दा उनले भने– ‘हामीले सुरुदेखि प्रक्रियागत तथा विधानसम्मत सबै काम हुनुपर्छ भनेर केन्द्रमा जानकारी गराउँदै आइरहेका थियौँ। आज केन्द्रले हिजो भएका गल्तीमा एक चरणको सुधार गरेको महसुस भएको छ, तर यो लडाइँमा केन्द्रले पठाएको पत्रले पूर्ण रूपमा सम्बोधन गरेको अवस्था छैन। केन्द्रले कुनचाहिँ अधिवेशनको कुरा गरेको हो ? केजिनजीले आयोजना गरेको अधिवेशनमा कुनै साथी जसलाई उनले कारवाही गरेका छन्, ती सबै फुकुवा गरेको सार्वजनिक वक्तब्य नआएसम्म त्यो अधिवेशनमा भाग लिने आधार बन्दैन।

    बहुमत पत्रकार बाहिर राखेर गरेका कुनै पनि अधिवेशन मान्य हुँदैनन्। यो लडाइँ कुनै पात्रलक्षित नभएर विधि तथा प्रक्रियाको हो। हाम्रो आवाजमा केन्द्रले थोरै भएपनि सम्बोधन गरेकोमा हामी खुशी छौँ। यो सम्पूर्ण विवादको निरुपण र गलतमा छानबिन गरेर स्वतन्त्र संस्थालाई स्वन्त्र नै बनाइराख्ने हाम्रो लक्ष्य रहने छ। केन्द्रको निर्णय सकारात्मक हुँदाहुँदै पनि हामीले त्यसको सम्मान गर्दै आफ्नो अधिवेशन गरेर जान्छौँ र हाम्रो मुद्धा प्रतिवेदनमार्फत केन्द्रमा समेत स्थापित गराएर राख्छौँ।’

    महासंघको पत्रकै विषयमा निलम्बित अध्यक्ष केजिन राईसँग प्रतिक्रिया माग्दा यो समाचार तयार गर्दासम्म कुनै प्रतिक्रिया दिएनन्। महासंघको पत्रपछि राईको भावी कदम कस्तो हुने हो प्रतीक्षाकै विषय बनेको छ। (घटना र विचारबाट)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal