News Portal

  • आज वि.सं.२०७७ साल माघ १३ गते मंगलवार, सन् २०२१ जनवरी २६ तारिखको राशिफल

    हिमालीसंचार संवाददाता
    ३२८ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    पहिलेको सफलताले धन आर्जन हुनेछ। तर धेरैवटा काममा हात हाल्दा मुख्य काम स्थगित हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। नयाँ काम तथा व्यवसायमा धन खर्चनुपर्ला। सेवामूलक कामबाट राम्रो उपलब्धि मिल्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट मनग्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुनाले व्यापार तथा साझेदारीमा पनि प्रशस्त लाभ हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। सहयोगीहरू जुट्नाले रोकिएका काम पनि सम्पादन हुनेछन्।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। नयाँ काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित स्थान दिलाउन सक्छ। केही विवादास्पद समस्या सुल्झाउन जुट्नुपर्ला।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या निम्त्याउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    परिस्थिति अनुकूल नै देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। सहयोगी र भौतिक साधनको कमीले आँटेको काममा विलम्ब हुनेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    खर्चिलाे काम थाल्नाले अर्थअभाव देखापर्न सक्छ। स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउलान्। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    मिहिनेत गर्दा अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। तर ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउनेछन्। आफ्नो उपलब्धिमा समेत अरूले दाबी गर्न सक्छन्।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा आमाको सहयोग लिँदा रोकिएको काम सजिलै सम्पादन हुन सक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

    काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको...

    आज २०८२ साल भदौ ४ गतेको राशिफल

    आज भदौ ४, २०८२ (अगस्त २०, २०२५) को राशिफल  मेष (चु, चे, चो, ला, लि,...

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक...