News Portal

कर्मचारीद्वारा सरकारी छापको दुरुपयोग गरी विज्ञप्ती

हिमालीसंचार संवाददाता
५०५ पटक

वीरेन्द्रनगर – मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीले कार्यालयको छापको दुरुपयोग गरी प्रेस विज्ञप्ती प्रकाशन गरेका छन्। उनिहरुले कार्यालयको लेटरहेड बिना नै हस्ताक्षर गरी छापमात्रै हानेर विज्ञप्ती प्रकाशन गरेका हुन्।

कार्यालयको लेटरहेड बिना नै खाली ठाउँमा छाप प्रयोग गरिनु अनाधिकृत भएको अधिवक्ता दुर्गा सापकोटाले बताए। “नीजि कार्यालयको हकमा लेटरहेड बिना नै छाप प्रयोग गर्ने गरेको पाइएपनि सरकारी कार्यालयमा यसो गर्न पाइदैन” अधिवक्ता सापकोटाले भने, “लेटरहेड बिना खाली ठाउँमा कार्यालयको छाप प्रयोग गरिनु अनाधिकृत हो, छापको दुरुपयोग हो।”

सौगात रावतको जग्गा मालपोत कार्यालयद्वारा किर्ते गरि अर्काको नाममा नामसारि गरिदिएपछि अनुसन्धानका लागि प्रहरीले नायब सुब्बा बिश्वरुप सावदलाई नियन्त्रणमा लिई आवश्यक छानबिन भईरहेको अवस्थामा धम्कीपूर्ण तरिकाले सरकारी छापको दुरुपयोग गरि हस्ताक्षर गर्ने कर्मचारीको नाम, पद समेत लुकाई अनसुन्धानलाई प्रभावित पार्नेगरि प्रेस विज्ञप्ती निकालेको जनाइएको छ।

यो पनि पढ्नुहोस्।

१) जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

२) मालपोतका कर्मचारीको मिलोमतोमा एउटाको जग्गा ६ जनाको नाममा नामसारी गरेपछि…

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...