News Portal

  • कर्मचारीद्वारा सरकारी छापको दुरुपयोग गरी विज्ञप्ती

    हिमालीसंचार संवाददाता
    ४४२ पटक

    वीरेन्द्रनगर – मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीले कार्यालयको छापको दुरुपयोग गरी प्रेस विज्ञप्ती प्रकाशन गरेका छन्। उनिहरुले कार्यालयको लेटरहेड बिना नै हस्ताक्षर गरी छापमात्रै हानेर विज्ञप्ती प्रकाशन गरेका हुन्।

    कार्यालयको लेटरहेड बिना नै खाली ठाउँमा छाप प्रयोग गरिनु अनाधिकृत भएको अधिवक्ता दुर्गा सापकोटाले बताए। “नीजि कार्यालयको हकमा लेटरहेड बिना नै छाप प्रयोग गर्ने गरेको पाइएपनि सरकारी कार्यालयमा यसो गर्न पाइदैन” अधिवक्ता सापकोटाले भने, “लेटरहेड बिना खाली ठाउँमा कार्यालयको छाप प्रयोग गरिनु अनाधिकृत हो, छापको दुरुपयोग हो।”

    सौगात रावतको जग्गा मालपोत कार्यालयद्वारा किर्ते गरि अर्काको नाममा नामसारि गरिदिएपछि अनुसन्धानका लागि प्रहरीले नायब सुब्बा बिश्वरुप सावदलाई नियन्त्रणमा लिई आवश्यक छानबिन भईरहेको अवस्थामा धम्कीपूर्ण तरिकाले सरकारी छापको दुरुपयोग गरि हस्ताक्षर गर्ने कर्मचारीको नाम, पद समेत लुकाई अनसुन्धानलाई प्रभावित पार्नेगरि प्रेस विज्ञप्ती निकालेको जनाइएको छ।

    यो पनि पढ्नुहोस्।

    १) जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

    २) मालपोतका कर्मचारीको मिलोमतोमा एउटाको जग्गा ६ जनाको नाममा नामसारी गरेपछि…

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...