News Portal

  • मालपोतका कर्मचारीको मिलोमतोमा एउटाको जग्गा ६ जनाको नाममा नामसारी गरेपछि…

    हिमालीसंचार संवाददाता
    ४९७ पटक

    सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ साविक जर्बुटा वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३१११ को जग्गा मिति २०७७ असार ८ गते कित्ताकाट भयो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो। जग्गाको कित्ताकाट हुँदा अथवा, किनबेच गरिदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा सोही बमोजिम मालपोत कार्यालयले जग्गा नाममा गराईदिनसक्छ।

    तर, जग्गाधनी रावतलाई कुनै जानकारी नभएर उनकै नाममा भएको उक्त जग्गा अरुकै नाममा नामसारी भयो। रावतले जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात मिति २०७७ पौष २९ गते जग्गाको नक्सा पास निकाल्दा कम्प्युटर सिस्टममा उनीसँग भएको जग्गाको कित्ता नम्बर नभेटिएपछि थाहा पाएका हुन्।

    ‘नक्सा लिनको लागि नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरेका हौं’ रावतले भने, ‘नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाडिएको थाहा पाइयो।’

    दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए। रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पीछाड छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा नामसारी भएको हो।

    ‘जग्गा कित्ताकाट भएको थाहा पाएपछि बुज्दैगर्दा कार्कीका नामबाट मिति २०७७ असार १० गतेभन्दा पछि छुट्टाछुट्टै ६ कित्तामा बाँडेर अरुका नाममा नामसारी गरिएको पाइयो’ रावतले भने, ‘छत्र बहादुर थापा, रेखा आचार्य लगायतका ६ जनाको नाममा जग्गा नामसारी भएको रहेछ।’ उसो त तत्कालिन अवस्थामा वीरेन्द्रनगरको जग्गा कित्ताकाट गर्न रोकिएको थियो तर सहवीर कार्कीले अंश भर्पाइ गरी कित्ताकाट गरेको बताइएको छ।

    जग्गा नामसारी गराउने कार्यमा जिल्ला मालपोत कार्यालय संलग्न रहनुका साथै त्यसका लागि आवश्यक कागजात लिखित गर्ने अम्बरसिं कटुवाल, जग्गा पास गर्ने मालपोत अधिकारी नायव सुब्बा विश्वरुप सावद र जग्गा पासका लागि निवेदन दिने जग्गाधनी सहबीर कार्कीको भुमिका रहेको रावतले आरोप लगाए।

    जग्गा नामसारी गराउने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुर भएको सुब्बा सावदले आफुलाई बताएको रावतले जानकारी दिए। उनका अनुसार जिल्ला मालपोत कार्यालय सुर्खेतमा जग्गा नामसारी गराउने विभिन्न फाँटहरुमा तत्कालीन अवस्थामा लक्ष्मी शाही (कार्यालय प्रमुख), सुनिल राना (कम्प्युटर), कृष्ण थापा (खरिदार, रजिष्ट्रेसन), दिपेन्द्र क्षेष्ठ (जुनियर रजिष्ट्रेसन), तीर्थ महत्तरा (मोठ, जग्गा नामसारी), ओमबहादुर गौतम (सील)मा रहेका थिए।

    त्यसैगरी, जग्गा कित्ताकाट गर्ने नापी कार्यालयका विभिन्न फाँटका कर्मचारी र सम्बन्धित वडा कार्यालयमासमेत उक्त कार्य गरिएको बुझिन्छ। वीरेन्द्रनगर–४ का ६१ वर्षीय नारायण बुढा र वीरेन्द्रनगर–१ का २४ वर्षीय चाँदनी वली उक्त जग्गा सौगात रावतको नामबाट सहबीर कार्की नाममा नामसारी गर्दा किनाराका साँक्षी बसेका छन्।

    यो पनि पढ्नुहोस्।

    जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २८ गतेको राशिफल

    आज असोज २८, २०८२ (अक्टोबर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

    काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ...

    राष्ट्र बैंकले गर्यो डिजिटल भुक्तानी प्रणाली सुधारको रोडम्याप सार्वजनिक

    काठमाडौँ, असोज २७ – नेपाल राष्ट्र बैंकले देशको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित, समावेशी र...

    नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं, असोज २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल...

    इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि

    काठमाडौं, असोज २७ – गत वर्ष हमास लडाकु समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी...