News Portal

ऋतु के.सी को रोमान्चक गीत “जुनेली रातमा” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
११८५ पटक

राजु बोहरा/काठमाडौँ – हरेक मानिसलाई खानाको  परिकारको स्वाद फरक-फरक आवस्यक परे जस्तै नेपाली गीत संगीत सुन्ने श्रोताहरुको लागि पनि आफ्नै किसिमको चाहना हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले आफ्नो अथाह मेहनतको माध्यमबाट अशंख्य श्रोता एवं दर्शकहरुलाई लक्षित गर्दै फरक-फरक सांगीतिक कोसेलीहरु बजारमा ल्याउने गरेका छन् । सोहि क्रममा यतिबेला रोमान्चक गीतहरुको प्यासी मनहरुका लागि प्रतिभावावान गायिका ऋतु के.सी को एक गीत बजारमा आएको छ ।

“जुनेली रातमा” नाम को साथमा बजारमा आएको यस गीतमा मनोज घिमिरे र ऋतु के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । कुनै बेला आफ्नो मायालुलाई भेट्ने समय दिंदा, भेट्न नसकेको रमाइलो प्रसङ्गलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतको लय तथा शब्द श्रीजनाकार मनोज घिमिरे रहेका छन् ।

गीतको बिषय बस्तु अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा अहिलेकी ब्यस्त मोडल रिना थापा मगर र देव क्षेत्रीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । “जुनेली रातमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कुमार के.सी ले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन बिजय तिखाररीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...