News Portal

कर्णालीमा नेकपा: पदीय लोभको राजनीति !

हिमालीसंचार संवाददाता
४६४ पटक

सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक फुटको अवस्थामा कर्णाली प्रदेशबाट राजनीतिक प्रतिनिधित्व गर्ने नेताहरु भने पदीय लाभको राजनीतिक यात्रा तय गरेका छन्। राजनीतिक विचार सिद्धान्त र समूहमा अडिक नभएर पद र कुर्चीको लोभमा खेमा परिवर्तन गर्ने गरेको पाइन्छ।

कर्णाली प्रदेशसभामा ४० प्रदेशसभा सदस्य छन् जसमध्ये नेकपाका ३३ जना सांसद रहेको थिए। केन्द्रमा आएको फुटसँगै नेकपा कर्णाली प्रदेशमा ३३ सांसदमध्ये प्रचण्ड–नेपाल पक्षका १९ जना सांसद रहेका थिए भने ओली पक्षका १४ जना सांसद रहेका थिए। सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खेमा परिवर्तन गरेपछि अब प्रचण्ड–नेपाल समूहमा २२ जना सांसद रहेका छन् भने।

ओली खेमाका मन्त्री रावल र बुढाले खेमा परिवर्तन गरि माधव–प्रचण्ड पक्षमा सामेल भएका हुन्। खेमा परिवर्तन गरेपछि मन्त्री रावल र बुढाको पद जोगिने संम्भावना बढेको छ भने, कर्णाली प्रदेश सरकारमा समेत माधव–प्रचण्ड पक्ष बहुमत पुगेको छ।

कर्णालीमा ओली र माधव–प्रचण्ड दुवै पक्षका बलियो नेतृत्व नहुँदा खेमा परिवर्तन विश्वाससमेत नभएको विश्लेषकहरुको भनाई छ। पदको लाभ पाउने आशमा खेमा परिवर्तन गर्ने र पद नपाएपछि पुनः सोही खेमामा फर्किने गरेकोले पनि उनिहरुप्रतिको विश्वास कम हुँदै गएको हो।

प्रतिनिधीसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामा माधव–प्रचण्ड खेमाका भएपनि नेकपामा आएको तरंगपश्चात मन्त्री पद पाउने आशमा ओली खेमामा गएका थिए। तर नयाँ मन्त्रीमण्डल विस्तारका क्रममा लामाको नाम समावेश नहुने भएपछि उनी पुनः माधव–प्रचण्ड खेमामा फर्किएका हुन्।

यस्तै, प्रदेश सरकारको सामाजिक विकास मन्त्री रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बुढाले पद जोगाउन खेमा परिवर्तन गरेपनि प्रदेश सरकार परिवर्तन भएर पद नपाएमा पुनः ओली खेमामै फर्किने आशंका कार्यकर्ताले गरेका छन्।

त्यसैगरी प्रदेश सरकार परिवर्तन हुने अवस्थामा मन्त्री पद पाउने आशमा प्रदेशसभा सदस्य ठम्मर विष्टले माधव–प्रचण्ड खेमाबाट मन्त्री पद नपाउने भएपछि खेमा परिवर्तन गरेको आरोप लागेको छ भने, ओली खेमाका प्रदेशसभा सदस्य पदम रोकाय पनि पदको आशमा खेमा परिवर्तन गरेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...