News Portal

कर्णाली प्रदेश अर्थ व्यवस्था समितिका सभापतिकाे गाडीमा आगजनी

हिमालीसंचार संवाददाता
४४१ पटक

जाजरकोट – केही दिन अगाडी सरकारी गाडीमा घाँस बोकेपछि ट्राफिक प्रहरीले पक्राउ गरी सरकारी गाडी कारवाहीमा परेको थियो। कर्णाली प्रदेश प्राकृति स्रोत समितिका अध्यक्ष तथा जाजरकोटका प्रदेश सांसद गणेशप्रसाद सिंहले चढ्ने उक्त गाडी अज्ञात समूहले बिहिबार राती जलाईदिएको छ।

नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समूहको शुक्रबार स्याउलीबजारमा आयोजना गरिएको पार्टी कार्यक्रममा जानेक्रममा सांसद सिंह वडाध्यक्षको घरमा बास बस्नुभएको थियो।

कर्णाली प्रदेश ०२००१झ००४० नम्बरको प्रदेश गणेशप्रसाद सिंह चढ्ने गाडी भेरीनगरपालिका वडा नं.७ पुन्ममा विहिबार राती १० बजे गाडीमा आगगाली भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो। गाडी कुनै ब्यक्तिले जलाएकाे हाे कि तार सट भएर जलेकाे हाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।

भेरीनगरपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्र बहादुर शाहीको घर नजिकै पार्किङ गरी वडाध्यक्षकै घरमा बास बसेको बेला गाडीमा आगलागी भएको डिएसपी श्रेष्ठको भनाई छ। घटनाका विषयमा अनुसन्धान भईरहेको हुँदा थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

यो पनि पढ्नुहोस्।

अर्थ व्यवस्था समितिका सभापतिको सरकारी गाडी: शनिबार घाँस बोक्छ, छोरो बिमानस्थल पुर्याउँछ !

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...