News Portal

  • कर्णाली प्रदेश अर्थ व्यवस्था समितिका सभापतिकाे गाडीमा आगजनी

    हिमालीसंचार संवाददाता
    ३८९ पटक

    जाजरकोट – केही दिन अगाडी सरकारी गाडीमा घाँस बोकेपछि ट्राफिक प्रहरीले पक्राउ गरी सरकारी गाडी कारवाहीमा परेको थियो। कर्णाली प्रदेश प्राकृति स्रोत समितिका अध्यक्ष तथा जाजरकोटका प्रदेश सांसद गणेशप्रसाद सिंहले चढ्ने उक्त गाडी अज्ञात समूहले बिहिबार राती जलाईदिएको छ।

    नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समूहको शुक्रबार स्याउलीबजारमा आयोजना गरिएको पार्टी कार्यक्रममा जानेक्रममा सांसद सिंह वडाध्यक्षको घरमा बास बस्नुभएको थियो।

    कर्णाली प्रदेश ०२००१झ००४० नम्बरको प्रदेश गणेशप्रसाद सिंह चढ्ने गाडी भेरीनगरपालिका वडा नं.७ पुन्ममा विहिबार राती १० बजे गाडीमा आगगाली भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो। गाडी कुनै ब्यक्तिले जलाएकाे हाे कि तार सट भएर जलेकाे हाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।

    भेरीनगरपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्र बहादुर शाहीको घर नजिकै पार्किङ गरी वडाध्यक्षकै घरमा बास बसेको बेला गाडीमा आगलागी भएको डिएसपी श्रेष्ठको भनाई छ। घटनाका विषयमा अनुसन्धान भईरहेको हुँदा थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

    यो पनि पढ्नुहोस्।

    अर्थ व्यवस्था समितिका सभापतिको सरकारी गाडी: शनिबार घाँस बोक्छ, छोरो बिमानस्थल पुर्याउँछ !

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...