News Portal

अर्थ व्यवस्था समितिका सभापतिको सरकारी गाडी: शनिबार घाँस बोक्छ, छोरो बिमानस्थल पुर्याउँछ !

हिमालीसंचार संवाददाता
६९१ पटक

सुर्खेत – कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ। जाजरकोटबाट निर्वाचित प्रदेशसभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो।

कर्णाली प्रदेश ०२-००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका-११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्याउन गाडी त्यसतर्फ गएको र आफु सुर्खेतस्थित पश्चिम बड्डिचौर भएको सभापति सिंहले जानकारी दिए। ‘गाडी छोरालाई पुर्याउन विहान गएको थियो म योजना आयोगको गाडीमा बड्डिचौर आएको छु’ उनले भने, ‘बाटोमा फर्किदा ड्राइभरले घाँस ल्याएको हुनसक्छ।’

प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको भएपनि सिंहको भनाईअनुसार उनले पारिवारिक प्रयोजनमा गाडी प्रयोग गरेको बुझिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...