News Portal

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

३९४ पटक

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश धमला यतिबेला घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सक्रिय रहनुभएको छ। आइतबार गंगाजमुना गाउँपालिका वडा नं. ५ स्थित गंगा जमुनामा पुग्नुभएका धमलालाई डाप बजारदेखि पार्टी कार्यालयसम्म पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो। त्यसपछि पार्टी कार्यालयमा स्थानीय बासिन्दासँग भलाकुसारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

चुनावी माहोल तातिँदै जाँदा धमलाले स्थानीय आमा–बुवा, दाजुभाइ तथा युवासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको धारणा, अपेक्षा र सुझाव सुन्नुभएको थियो। उहाँले जनताको घर–आँगनमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्ध रहने अठोट व्यक्त गर्नुभयो।

कार्यक्रममा समानुपातिक उम्मेदवार सेतेमान तामाङ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य दिलमान पाख्रिन, धादिङका अग्रज नेता बासु तिमिल्सिना, नेपाली कांग्रेस बागमती प्रदेश प्रचार संयोजक तिलक रुवालीलगायत पार्टीका पदाधिकारी तथा युवा नेताहरूको उपस्थिति रहेको थियो।

स्थानीयले विकास निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन (विशेष गरी गुरुङ गाउँ होमस्टेको विस्तार), सडक स्तरोन्नति तथा शिक्षा सुधारका विषय उठाएका थिए। त्यसप्रति स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै धमलाले भन्नुभयो, “गाउँ समृद्ध भए देश समृद्ध हुन्छ, त्यसैले हाम्रो पहिलो प्राथमिकता गाउँको समग्र विकास हो।”

घरदैलो कार्यक्रम केवल मत माग्ने अभियान नभई विश्वास, सम्बन्ध र दीर्घकालीन विकासका विषयमा सार्थक बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...