News Portal

  • शुक्रबार देशभरका २३ वटा सिनेमा हल खुले, दर्शकको उपस्थिति न्यून

    हिमालीसंचार संवाददाता
    ३८८ पटक

    काठमाडौं – शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन्। मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा शुक्रबार देशभरका जम्मा २३ वटा मात्र सिनेमा हल खुलेको छ। सरकारले सिनेमा हल खोल्ने अनुमति दिएको छैन। हल सञ्चालकहरूले आन्दोलन स्वरूप सिनेमा हल शुक्रबारबाट खोलेका हुन्।

    यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार हल सञ्चालकहरूलाई बोलाएर सरकारको अनुमति लिएर मात्र सिनेमा हल खोल्न निर्देशन दिएको छ। अनुमति नलिई सिनेमा हल खोलेको भन्दै केही हलहरू स्थानीय निकायको निर्देशन प्रहरीले बन्दसमेत गराएको छ।

    हल सञ्चालक तथा चलचित्र वितरकहरूको संस्था नेपाल चलचित्र संघले १० पुसबाट देशभर सिनेमा सिनेमा हल खोल्न सबैलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार शुक्रबार मुलुकका केही मल्टिप्लेक्स सिनेमा घरहरू खुले।

    तर, हलमा दर्शकको उपस्थित अत्यन्त न्यून रहेको छ। काठमाडौंको बानेश्वरमा रहेको वान सिनेमा हलमा धुमुर्स सुन्तलीको चलचित्र सेन्टी भाइरस प्रदर्शन गरिएको थियो। आफ्नो हलमा यो सिनेमा शुक्रबार एक सोमा जम्मा ६ जना दर्शक मात्र आएको हल सञ्चालकहरूले बताएका छन्।

    शुक्रबारबाट सिंगल र मल्टिप्लेक्स दुवैतर्फ कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन भएका हुन्। वान सिनेमा मात्र होइन, अन्य सिनेमा हलमा पनि दर्शकहरूको उपस्थिति नगन्यजस्तै रहेको छ। शुक्रबार क्यूएफएक्समा एक सोमा जम्मा १३ जना मात्र दर्शक आएका थिए। देश भर खुलेका २३ वटा सिनेमा हलमध्ये सबैभन्दा बढी दर्शक आएको पनि यही १३ जना हो।

    नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले पनि काठमाडौंको बौद्धमा रहेको आफ्नो फिल्म हल सिद्धार्थ सिनेमा खोलेका थिए तर, पहिलो सोमा टिकट नै बिक्री नभएपछि उनले दोस्रो सो चलाएनन्। आफ्नो हलमा शनिबार दर्शक आउने विश्वास उनको छ।

    नेपाल चलचित्र संघका उपमहासचिव तथा पुष्पाञ्जली हल कोटेश्वरका सञ्चालक गोपालकाजी कायस्थले शुक्रबारबाट संघका निर्देशनअनुसार केही हलहरू खुलेको बताए। काठमाडौंको बानेश्वरस्थित सिनेमा वान, सिटी सेन्टरको बिग सिनेमा, पुल्चोकको क्यूएफएक्स लबिमलगायतका केही हल खुलेको पनि उनले बताए।

    पोखरा, नारायणघाटलगायत मुलुकका मुख्य सहरका मल्टिप्लेक्स हलले एक सो सिनेमा देखाएको पनि कायस्थले जानकारी गराए। सरकारले सिनेमा हल सञ्चालनको अनुमति नदिए पनि हल व्यवसायीहरूले एकतर्फी रूपमा सिनेमा हल खोलेका हुन्। सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको विधि अपनाएर हल खोलिएको नेपाल चलचित्र संघले बताएको छ तर, सरकारको अनुमति नलिई सिनेमा हल खोलेको भन्दै प्रहरीले सिनेमा हलसमेत बन्द गर्न लागएको छ।

    उपमहासचिव कायस्थका अनुसार ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स लबिममा बिहानको सोमा हलिउड सिनेमा प्रदर्शन गरिएको थियो। त्यसपछि दिउँसोको सोमा प्रहरी आएर टिकट बिक्री गर्न दिएन। यसरी क्यूएफएक्स लबिममा शुक्रबार प्रहरीले दोस्रो सो प्रदर्शन हुन दिएन।

    अहिले पनि कोरोनाको महामारी भएका कारण अहिले चलचित्र घरमा ५० प्रतिशत मात्र दर्शक राखेर फिल्म देखाइने गरिएको छ। तथापि, दर्शकहरू सिनेमा हलमा आएका छैनन्। जबसम्म सिनेमा हलमा नयाँ चलचित्र आउँदैन, तबसम्म दर्शकहरू हलमा जाने अवस्था नरहेको हल सञ्चालकहरूकै भनाइ छ।

    नेपाल चलचित्र संघका महासचिव एवं प्रवक्त अशोक शर्माको भनाइमा दर्शकलाई सिनेमा हल पनि खुल्यो है भनेर जानकारी दिनका लागि अहिले पुरानै सिनेमा भए पनि प्रदर्शन गरिएको छ। सोही कारण गत वर्ष रिलिज भएको दुई नेपाली चलचित्र सेन्टी भाइरस र आमा अहिले हलमा प्रदर्शनी गरिएको पनि शर्माले बताएका छन्।

    केही मल्टिप्लेक्सले यी दुई नेपाली चलचित्रसँगै दुई वटा हलिउडको फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ पनि प्रदर्शन गरेको छ। विगत ९ महिनादेखि सिनेमा हल बन्द रहेकाले केही सिनेमा हलले यही मौकामा आफ्नो हल मर्मत गरिरहेका छन्।

    काठमाडौंको चाबहिल स्थित गोपीकृष्ण मुभिज, बालाजुस्थित गंगा सिनेमा हल, कोटेश्वरस्थित पुष्पाञ्जली सिनेमा अहिल पुनः मर्मत भइरहेको र यी हल खोल्न अझै केही समय लाग्ने सम्बन्धित सञ्चालकहरूले बताएका छन्।

    यता, आफूहरूले खोलेको सिनेमा हललाई सरकारले अनुमति दिनुपर्ने माग हल सञ्चालकहरूको रहेको छ। उनीहरूले सञ्चारमन्त्री पार्वत गुरुङलाई भेटेर सिनेमा हल खोल्नका लागि अनुमतिसमेत मागेका छन्।

    चलचित्र विकास बोर्डका तर्फबाट पनि हल खोल्ने अनुमतिका लागि सरकारसँग पहल भइरहेको बोर्ड अध्यक्ष दयाराम दाहालले शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराएका छन्। कोरोना भाइरस सर्ने भन्दै सरकारले अझै सिनेमा हल खोल्ने अनुमति नदिएको हो।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११...

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...