News Portal

दुलहीझैं सिँगारियो जनकपुरको जानकी मन्दिर

हिमालीसंचार संवाददाता
३८० पटक

धनुषा – विवाहपञ्चमीका अवसरमा जनकपुरमा सप्ताहव्यापी महोत्सव चलिरहेको छ । आगामी शनिबार पर्ने विवाहपञ्चमीका लागि जानकी मन्दिर झकीझकाउ पारिएको छ ।

रंगीविरंगी विद्युतीय सजावटले मन्दिर रातको समयमा थप आकर्षक देखिने गरेको छ । पण्डाल, फूलमाल र विद्युतीय बत्ती जडान गरी जानकी मन्दिरलाई दुलहीजस्तै सिँगारिएको छ ।

जानकी मन्दिरले बर्सेनि आयोजना गर्ने विवाह महोत्सवमा भव्य मेला लाग्ने गर्छ । तर यस वर्ष अयोध्याबाट जन्ती नआउने भएपछि खल्लो भएको छ । विवाह पञ्चमीका दिन परम्परादेखि नै यहाँ मिथिला संस्कृतिअनुरूप राम र सीताको वैवाहिक कार्यक्रम आयोजना गरिँदै आएको छ । सोही दिनका लागि जानकी मन्दिर परिसरमा रामलीला देखाइन्छ ।

विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष–यज्ञको कार्यक्रम र बिहीबार चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन स्वयंवर तथा विवाह र सातौं दिन राम कलेवा आयोजना गरिन्छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...