News Portal

कविता: सर्वजितको देश

हिमालीसंचार संवाददाता
५१२ पटक

खोपीबाट
कालो माकुरो निस्किएर
जसरी तिमीलाई कुल्चिँदै कुल्चिँदै हिँडेथ्यो
त्यसै गरी किन कुल्चिरहेछौ
तिमी धँगेरी फूलजस्ता कलिला नानीहरू ?
थाहा छ, सर्वजित !
तिम्रै पसिनाको डुङ्गामा चढेर
एक हूल मान्छेहरू
जिन्दगीको नदी वारपार गरिरहेछन् !
तर तिमीजस्तै एउटा देश
अझैसम्म पनि चिसो खुर्दलोटन डुबिरहेछ !

हेर त सर्वजित !
आफैँले मृत्युलाई निम्तो बाँडेर
श्रीपेचको शिरमाथि
तिमीले ठड्याएको लिङ्गो नुहाउँदै
किन यी धुन्दुकारीहरू
यतिखेर,
तिमीलाई नै रेट्ने धारको उचाइ नापिरहेछन् ?
र यो इन्द्रछल इतिहास चुसेर
अब कहिलेसम्म
पुर्ख्यौली भोक मेटाइरहन्छन्
मरूभूमिका ऊँटजस्ता कलिला विद्यार्थीहरू ?

भित्तामा झुन्डिएको
हजुरबाको श्यामश्वेत तस्बिरजस्तै
पुस्तौँदेखि निदाइरहेछन्
मनले सपना देख्ने हजारौं मनिरामहरू !
भर्खरै दाइँ सकेर
आहाल बसेका राँगाहरू उग्राएझैँ
एकोहोरो उग्राइरहेछन्
अनुवाद पर्खेर बसेका थकित बाबुलालहरू !
अहँ ! न त वारि छ
न त पारि छ— यो थकित डुङ्गा !
भारीले कुल्चिएर
मझधारमै रोकिएको छ— जिन्दगीको यात्रा !

चेतनाको जोडन हालेर
मस्तिष्कभित्र,
नेतीहरू सलबलाउन थालेपछि
सपनाहरू कोरल्दै
छमछमी नाच्न थाल्दारहेछन्
विद्रोही मदानीहरू क्रान्तिको परेड खेल्दै !
र नाकमा नत्थी लाएर
मदारीले पछिपछि डोर्याउँदोरहेछ
समयको लस्करलाई विचारको सप्तसिन्धुसम्म !
जहाँबाट उदाउँछ
कहिल्यै नअस्ताउने आस्थाको रातो घाम !

कुनै योद्धाले,
दाग्न बिर्सिएको आखिरी लञ्चर !
कुनै विश्वविजेताले,
ठड्याउन छुटाएको सीमान्त पतका !
कुनै प्रेमिकाले,
सम्झन नभ्याएको अधुरो सम्झना !
अथवा
कुनै भुनभुन चरीले
देख्न नसकेको अन्तिम थुँगा फूल !
तिमी नै हौ, सर्वजित !
तिमीभन्दा पर
अब कुनै क्षितिज बाँकी छैन— भरोसाको !

जीवनका सुरिला धुनहरू
कसले चुँडेर लग्यो
र सुसेल्दै हिँड्ने खहरेहरू
भोकभोकै निदाइरहेछन्— रित्तो बगरमाथि ?
भक्कानिँदै रोइरहेको पहाडजस्तै
आज किन रोइरहेछ— यो देशको मन पनि ?
पहाडको नीलो आँसु
विद्रोही नदी बनेर बग्दोरहेछ
तर आँखा रसाएर
झरेका ढिक्काहरू जमेपछि
पीडै–पीडाको अदृश्य तलाउ बन्दोरहेछ !

हो, सर्वजित !
सपना देख्ने करोडौँ आँखाहरू
यही तलाउमा डुबेर
गुमनाम हुन सक्छन्— सदासदाका लागि !
यसैले आऊ
र फेरि फुक आरनको काँचो आगो
त्यही आगोको रापले
तिमीजस्तै दुखी देशको आङ सेकाउनु छ !

प्रथा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...