आज : २०२६-०६-०७, आइतबार

जीवन

छाड्‌यो घार भाग्यो माहूरी, उड्दै छाड्‌दै आफ्न्त जन!
जल्यो यो तन चितामा, भाग्यो राख छाडि टाढिदै मन!!

छन् चिन्ह उड्यो छाप लाग्दै, बतास पात-पातमा!
उड्छ पवनमा अचिनार बेहोसै, जूनेलि रात-रातमा!!

जन्म्यो लिइँ आयो धर्तिमा, झल्मल्ल उज्यालो आँखामा!
गयो त्यो दिन सदाको लागी, बोल्यो कोइँर्यालि पाखामा!!

माटो उहि हो बाटो बदलियो, फेरियो सारा सब जमाना!
छाड्यो घार भाग्यो त्यो माहुरी, छोडि जति सबै कामना!!

रहह्यो बिम्ब त्यो क्षितिजमा, हुदै पुरानो भाग्यो टाढा-टाढा!
छाडि गयो डालि सदाको लागी, चरी याद गाढा-गाढा!!

थियो फूल बारीको गयो अब, छाडि हाँगा-पातहरु!
सब डालि भर्यो एक दिन दुइँ हातले जगह, पार्दै गयो दुबै खालि हातहरु!!

छाड्यो घार भाग्यो माहुरी नहेरी, एकहोरो यात्रामा उ चल्यो!
हाँस्यो खेल्यो देश दुनियाँ देख्यो, आखिरी दाउरासँगै जल्यो!!

सिम्ता – ४ पिल्क, सुर्खेत
हाल : गुजरात, भारत।