News Portal

सुत्केरी व्यथाले च्यापेको तीन दिनसम्म पनि महिलाको उद्दारमा कठिनाई

हिमालीसंचार संवाददाता
४९० पटक

सिमिकोट – सरकारले आपत्कालिन् सेवाका लागि हवाई उद्दारका कार्य गर्ने गरेको छ। तर यसको सेवामा प्रक्रिया झन्जटिलो हुँदा सुत्केरी तीन घण्टा अघिदेखि मृत्यु र जीवनसँग लडिरहेकी छन्। हवाई सेवा मार्फत उद्दारका लागि विभिन्न पहल गर्दासमेत अहिलेसम्म उनको उपचार हुन सकिरहेको छैन।

हुम्लाको सर्केगाड गाउँपालिका-७ की जमुना कार्कीलाई सुत्केरी व्यथाले च्यापेको ३ दिन भयो। उनको उपचारको लागि स्वास्थ्यकर्मी खटिए पनि समस्या जटिल बन्दै गएको छ। उनको पेटमा भएको बच्चा उल्टो हुँदा निकै समस्या भएको हो। उनि सुत्केरी हुन सकिरहेकी छैनन् भने, कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले जानकारी दिए।

स्मरण रहाेस् कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावल साेही जिल्लाबाट निर्वाचित जनप्रतिनिधीसमेत हुन्। राष्ट्रपति महिला उद्दार कार्यक्रम, कर्णाली प्रदेश सरकार र स्वास्थ्य सेवा निर्देशनालयसमेतले आपतकालिन् अवस्थामा हवाई सेवाको लागि बजेटसमेत विनियोजन गरेका छन् तर, आवश्यक परेको समयमा भने हवाई सेवा प्रयोगविहीन बनेको छ। जसको कारण हवाई सेवाको पखाईमा कर्णालीका नागरिकले यसअघि पनि ज्यान गुमाईसकेका छन्।

अध्यक्ष रोकायले कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हवाई सेवाको लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा दिउँसो २ बजे नै खबर गर्दा पनि अहिलेसम्म उनको उद्दार हुन सकेको छैन।

विविध प्रकृयागत कमजोरीका कारण सुत्केरी कार्कीको उपचारमा हवाई उद्दार गर्न नसकिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले स्वीकार गरेका छन्। विभिन्न निकायमार्फत कागजी प्रकृया मिलाउँदा–मिलाउदै निकै ढिलो भयो’ खड्काले भने, ‘आज शनिबार भएको हुँदा पनि झन जटिल भएको हो।’

आपत्कालिन् सेवाका लागि कर्णाली प्रदेशमा नीजि हेलिकप्टर नहुँदा नेपाल आर्मीको हेलिकप्टरमार्फत उद्दार गर्ने गरिएपनि उक्त हेलिकप्टरसमेत सुर्खेतमा नभएकोले आज उद्दार गर्न नसकिएको खड्काले बताए।

हवाई सेवाका लागि माग गर्दासमेत महिला तथा बालबालिका मन्त्रालयद्वारा अनुमति पाउन ढिलाई हुँदा उद्दार गर्न नसकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले बताए। उनले भोली विहानसम्म कार्कीको उद्दार गर्न सकिने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...