News Portal

  • सुत्केरी व्यथाले च्यापेको तीन दिनसम्म पनि महिलाको उद्दारमा कठिनाई

    हिमालीसंचार संवाददाता
    ३६७ पटक

    सिमिकोट – सरकारले आपत्कालिन् सेवाका लागि हवाई उद्दारका कार्य गर्ने गरेको छ। तर यसको सेवामा प्रक्रिया झन्जटिलो हुँदा सुत्केरी तीन घण्टा अघिदेखि मृत्यु र जीवनसँग लडिरहेकी छन्। हवाई सेवा मार्फत उद्दारका लागि विभिन्न पहल गर्दासमेत अहिलेसम्म उनको उपचार हुन सकिरहेको छैन।

    हुम्लाको सर्केगाड गाउँपालिका-७ की जमुना कार्कीलाई सुत्केरी व्यथाले च्यापेको ३ दिन भयो। उनको उपचारको लागि स्वास्थ्यकर्मी खटिए पनि समस्या जटिल बन्दै गएको छ। उनको पेटमा भएको बच्चा उल्टो हुँदा निकै समस्या भएको हो। उनि सुत्केरी हुन सकिरहेकी छैनन् भने, कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले जानकारी दिए।

    स्मरण रहाेस् कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावल साेही जिल्लाबाट निर्वाचित जनप्रतिनिधीसमेत हुन्। राष्ट्रपति महिला उद्दार कार्यक्रम, कर्णाली प्रदेश सरकार र स्वास्थ्य सेवा निर्देशनालयसमेतले आपतकालिन् अवस्थामा हवाई सेवाको लागि बजेटसमेत विनियोजन गरेका छन् तर, आवश्यक परेको समयमा भने हवाई सेवा प्रयोगविहीन बनेको छ। जसको कारण हवाई सेवाको पखाईमा कर्णालीका नागरिकले यसअघि पनि ज्यान गुमाईसकेका छन्।

    अध्यक्ष रोकायले कार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हवाई सेवाको लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा दिउँसो २ बजे नै खबर गर्दा पनि अहिलेसम्म उनको उद्दार हुन सकेको छैन।

    विविध प्रकृयागत कमजोरीका कारण सुत्केरी कार्कीको उपचारमा हवाई उद्दार गर्न नसकिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले स्वीकार गरेका छन्। विभिन्न निकायमार्फत कागजी प्रकृया मिलाउँदा–मिलाउदै निकै ढिलो भयो’ खड्काले भने, ‘आज शनिबार भएको हुँदा पनि झन जटिल भएको हो।’

    आपत्कालिन् सेवाका लागि कर्णाली प्रदेशमा नीजि हेलिकप्टर नहुँदा नेपाल आर्मीको हेलिकप्टरमार्फत उद्दार गर्ने गरिएपनि उक्त हेलिकप्टरसमेत सुर्खेतमा नभएकोले आज उद्दार गर्न नसकिएको खड्काले बताए।

    हवाई सेवाका लागि माग गर्दासमेत महिला तथा बालबालिका मन्त्रालयद्वारा अनुमति पाउन ढिलाई हुँदा उद्दार गर्न नसकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले बताए। उनले भोली विहानसम्म कार्कीको उद्दार गर्न सकिने जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

    धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला...

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक...

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा...

    प्रदेशसभा विवादित : सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यातेर सरकारलाई चुनौती

    पोखरा, असार ९ — गण्डकी प्रदेशसभाको सोमबारको बैठक विशेषगरी बजेट छलफलकै लागि बोलाइएको थियो। तर,...

    रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

    काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका...