News Portal

भेरीगंगाका दुई एम्बुलेन्स ऐन विपरित सञ्चालित

हिमालीसंचार संवाददाता
४१७ पटक

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकाका दुईवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। दुईवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका छन।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्लेट लिनुपर्ने हुन्छ।
तर, नगरपालिकाका दुईवटा एम्बुलेन्स भने अहिले निर्बाधरुपमा विभिन्न रुटमा आवातजावत गरिरहेका छन्।

एम्बुलेन्स अहिले छिन्चुदेखी बीरेन्द्रनगर, नेपालगंजहुदै काठमान्डौसम्म विरामी लिएर आवातजावत गर्ने गरेका छन। एम्बुलेन्सले रोड परमिट, दुर्घटना विमा लगायतका कानुनी प्रक्रिया नपुर्याइ खुल्मखुल्ला विरामी ओसार पसार गरिरहेका हुन्।

जसको कारण यस्ता एम्बुलेन्समा सवारको दुर्घटना भएमा विमा, उपचार खर्च लगायतका सुविधाबाट बन्चित हुन्छन्। यातायातका साधन नियमसंगत भए वा नभएको नियमन गर्ने निकाय ट्रफिक प्रहरी समेत मुकदर्शक बनेको छ। यद्यपी, ट्राफिक प्रहरी यी रुटमाहरु २४ सै घण्टा ड्यिुटि निर्वाह गरिरहेका हुन्छन्।

नियम विपरित निर्वाध रुपमा चलिरहेका यस्ता यातायातका साधनहरुलाई कारबाहीको दायरामा ल्याई कानून पालना गराउन नसक्नु ट्राफिक प्रहरीको काम, कर्तव्य तथा कार्यक्षमता माथि आशंका पैदा भएको छ। सुर्खेतमा सञ्चालित यस्ता प्रकृतिका अन्य यातायातका साधनहरु (टिप्पर, जीप, भ्यान) कानुनविपरित निर्वाध रुपमा चलिरहेका छन् तर, नियमनकारी निकायको मौनता देखिएको छ।

यस्तै, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आचार्यले यस्ता प्रकृतिका सवारी साधनलाई कारबाहीको दायरमा ल्याइने बताउनुभयो। ट्राफिक र प्रहरीको निगारनी रहने मंगलगढी चौक, सुब्बाकुना, बांगेसिमल, छिन्चु, बबई, इत्रामलगायतका सिमानाकाबाट निर्वाधरुपमा यस्ता यातायातका साधनहरु सञ्चालन भईरहेको छन्।

यता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले अस्थायी नम्बर प्लेटमा एम्बुलेन्स संञ्चालनमा भएको स्वीकार गर्नुभयो। ऊहाँले यातायातमा दर्ताको प्रकृयामा रहेको छिटै दर्ता गरेर संञ्चालन गरिने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...