आज : २०२६-१०-०३, शनिबार

लक्ष्मीपूजाको दियोले ६८ लाख स्वाह

मोरङ – मोरङमा दीपावलीको अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक कलश (दियो) बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा करिब रु. ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर-१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको हो ।

त्यस्तै,  विराटनगर-९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु.८ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ ।