News Portal

चितवनका एक फ्याक्ट्रीबाट चोरेको आरोपमा सेक्युरिटी पक्राउ

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाण्डौ – आफैले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित सेक्युरिटी गार्ड पक्राउ परेका छन्। गत बिहीबार राती भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रालिको भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएको थियो।

प्रहरीले सेक्युरिटी गार्ड कबिराज थापालाई उनकै क्वार्टरको खाटमुनि झोलाभित्र र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। 

प्रहरीले क्वाटरको खाटमुनि ४० लाख तथा फ्याक्ट्रीको भवन नजिकै रहेको झाडीमा ५७ लाख रुपैयाँ फेला परेको जनाएको छ । लकरबाट नगद चोरीका लागि ती व्यक्तिले हेक्सा व्लेड, फलामको रडबाट बनेको खुपी, बोरा र झोला प्रयोग गरेको भेटिएको थापाले बताए। ४० वर्षीय ती व्यक्ति चितवनकै कालिका नगरपालिका–६ का हुन्। चोरी कसुरअन्तर्गत उनलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

त्यसैगरी, चितवन प्रहरीले विभिन्न पछिल्लो चार दिनमा मुद्दामा कैद तथा जरीवाना सजाय भएका ४६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। चोरी, जवरजस्ती करणी, लागु औषध, कर्तव्य ज्यान, बहु विवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिलालाई पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...