News Portal

जन्तेढुंगा गाउँपालिको छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना

हिमालीसंचार संवाददाता
३८५ पटक

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। स्वास्थ्य सेवा लिनका लागि करिब १ घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खुटा छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

स्वास्थ्यचौकी सरहको सेवा सुविधा दिनेगरी स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई बिहिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । सामान्य स्वास्थ्य उपचारका लागि घण्टौं हिँडेर स्वास्थ्यचौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

नागरिकलाई घरैमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको नीति अनुसार एक जना अहेव र एक जना अनमी व्यवस्था गरेर छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गत वर्ष जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका  थिए ।

त्यस क्षेत्रमा चालु आर्थिक वर्षभित्र गाउँपालिकाका हरेक दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । स्वास्थ्यचौकी पुग्नका लागि १ घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले गत वर्ष नीति तथा कार्यक्रम पारित गरेको थियो ।

सामुदायिक स्वास्थ्य इकाई उद्घाटनकाक्रममा गाउँपालिका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई, वडाध्यक्ष, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...