News Portal

हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाण्डौ – कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए। आज डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु।”

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...