News Portal

ससुराली पुगेर श्रीमती र छोरामाथी एसिड प्रहार

हिमालीसंचार संवाददाता
४५२ पटक

जनकपुर – जनकपुरमा आफ्नै पत्नी र छोरीमाथि एक जना युवाले एसिड प्रहार गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २६ वर्षीय आरती शाह र तीन वर्षीया छोरी रियामाथि एसिड आक्रमण भएको हो। 

प्रहरीका अनुसार जानकीनगरमा डेरा गरी बस्ने आरती र रियामाथि सञ्जिव शाहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।उनलाई प्रहरीले जनकपुर ४ संकटमोचन मावि नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ। एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको सिग्देलले बताए । छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ।  आमा छोरीको अहिले जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीव शाहसंग भएको थियो। श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन्।

पक्राउ परेका सञ्जीव शाहलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रामेश बस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...