News Portal

  • कुवेतमा हरितालिका तिज कार्यक्रम सम्पन्न

    हिमाली संचार डटकम
    १४४४ पटक

    हरि बानिया सेप्टेम्बर १४, कुवेत – हिन्दु नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम शुक्रबार कुवेतकाे फर्वानिया स्थित युनिक अडाेटाेरियन हलमा भव्यरुपमा सम्पन्न भएको छ।

    मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुतका धर्मपत्नी रीता हमालको प्रमुख अतिथित्व रहेको थियो भने बिशेष अतिथीमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेको थियो । अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने, एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्था प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    नेपाली राजदुतावास कुवेतका राजदुत धर्मपत्नी रीता हमाल, राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने, एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल, नेपाल कुवेत साँस्कृतिक मञ्चका संरक्षक सुजन के सी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    मञ्चले भुमा रसाइली, मिरा पौडेल, बिशाल सुनुवार, कृष्ण सुनुवार लाई प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

    हरितालिका तिजको कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत यज्ञ बहादुर हमालकी धर्मपत्नी रिता हमाल हुनुहुन्थ्यो।

    हरितालिका तिजमा कुवेतका प्रायजसो महिलाहरु उपस्थिति हुनुहुन्थ्यो तर हल सानाे र भित्र धेरै नै गर्मी भएको कारणले गर्दा भित्र बस्न अलि गाह्रो भएको अनुभव थियो तर पनि दिदीबहिनीहरुले साह्रै खुशीको साथ नाचगान गर्दै हुनुहुन्थ्यो।

    हरितालिका तिज हरेक वर्ष नेपाल कुवेत सांस्कृतिक मंचले आयोजना गर्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...