News Portal

गायक प्रमोद खरेल विरुद्ध १ करोड क्षतिपूर्ति माग सहित मुद्धा दर्ता

हिमालीसंचार संवाददाता
४६७ पटक

काठमाण्डौ – गायक प्रमोद खरेल विरुद्ध रु १ करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दर्ता भएको छ ।

सर्जक तथा विन्दवासिनी म्युजिक संचालक सुवार रेग्मीले गायक खरेल विरुद्ध ट्र्याकहरु आफ्नो कुनै अनुमतिबीना प्रयोग गरेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा शुक्रवार मुद्दा दायर गराएका हुन्।

सर्जक रेग्मीले ‘म प्रोड्युसर रहेको, मेरो लगानीमा निर्माण भएको, मैले लेखेको गीतहरूको ट्रयाक, मेरो अनुमति बिना बर्षौ देखि प्रयोग गरेर मनग्य आर्थिक उपार्जन गरिरहेको मेरो प्रतिलिपि अधिकार एवम् आर्थिक अधिकार हनन् गरेका कारण १ करोड क्षतिपूर्ति दिलाई भराई पाऊनको लागि नेपाल प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा गायक प्रमोद खरेल बिरूद्ध आज निबेदन दिएको छु, रेग्मीले भनेका छन् ।

सर्जक रेग्मीले प्रचलित नेपाल कानून बमोजिम दोषिलाई दन्डीत, पिडीतलाई न्याय दिलाई पाऊन अदालतमा रिट दायर गर्ने प्रकृयाको शुरूवात गरेको समेत बताउदै ‘प्रमोद जीलाई नेपाली गीत संगीतमा जन्म दिएको बिन्ध्यबासिनीले हो, आफुलाई जन्म दिएको आमालाई नरुवाउनु होला’ सर्जक रेग्मी, लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु अनुमति बिना प्रयोग गर्नु लज्जास्पद रहेको रेग्मीको भनाइ छ । रासस 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...