News Portal

  • कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक !

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    सुर्खेत – कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक बनेको छ। मन्त्रालयलाई दिएको स्वीकृति दरबन्दी अनुसार कर्णालीमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा बाधा पुगेको हो। उसो त कर्णालीमा कर्मचारी आउन आनाकानी गर्ने गरेको पाइन्छ।

    यद्यपी प्रदेश सरकारले यहाँ आउने कर्मचारीका लागि प्रोत्साहन भत्ता कार्यक्रम ल्याएपनि अझै कर्मचारी अभाव देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अर्न्तगतका कार्यालयमा जनशक्ति अभाव भएकै कारण कार्यक्रहरु प्रभावकारी तरिकाले गर्न नसकेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार स्वीकृत दरबन्दीभन्दा ५५.४ प्रतिशत जनशक्ति कमी भएको छ। हाल मन्त्रालयमा ४४.६ प्रतिशत जनशक्ति रहेका छन्। मन्त्रालय वा अन्तर्गत रहेका जम्मा १ हजार ७० दरबन्दीमध्ये ४ सय ७७ दरबन्दी मात्र पूर्ति भएको मन्त्रालय स्रोतले जनाएको छ।

    सामाजिक विकास कार्यालय अन्तर्गत जुम्लामा ७ दरबन्दीमध्ये ३, मुगुमा ६ मध्ये २, हुम्लामा ६ मध्ये २ दरबन्दी कार्यरत रहेका छन् भने कालिकोटमा ६ मध्ये २, जाजरकोटमा ७ मध्ये ३, दैलेखमा ७ स्वीकृति दरबन्दीमध्ये ३ जना कार्यरत रहेको मन्त्रालय स्रोतले जनाएको छ।

    यस्तै, शिक्षा विकास निर्देशनालय सुर्खेतमा २८ स्वीकृत दरबन्दीमध्ये १६, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा ३७ मध्ये ३० जना कार्यरत छन्। मन्त्रालय स्रोतका अनुसार प्रदेश अस्पताल सुर्खेतमा ३ सय २५ मध्ये ८२, मेहलकुना अस्पताल सुर्खेतमा ५३ मध्ये ३४ र स्वास्थ्य सेवाका कार्यालय रुकुमपश्चिममा ४८ दरबन्दीमध्ये ३० जना कार्यरत छन् भने स्वास्थ्य सेवा कार्यालय सल्यानमा ६५ मध्ये ३०, डोल्पामा ४७ मध्ये, १० र जुम्लामा १६ मध्ये १६ जना कार्यरत छन्।

    यसैगरी स्वास्थ्य सेवा कार्यालय मुगुमा ४८ स्वीकृत दरबन्दीमध्ये २३, हुम्लामा ४८ मध्ये १२, कालिकोटमा ४७ मध्ये १४, जाजरकोटमा ६५ मध्ये ३७, दैलेखमा ६५ मध्ये ३१ सुर्खेतमा १५ स्वीकृत दरबन्दीमध्ये १३ जना कार्यरत रहेका छन्।

    मन्त्रालय स्रोतका अनुसार प्रदेश आयुर्वेद औषधालयमा सुर्खेतमा ८ स्वीकृत दरबन्दीमध्ये ७, मानव संसाधन विकास केन्द्रमा ३२ मध्ये २२ जना र प्रदेश संग्रहालय सुर्खेतमा १३ स्वीकृत दरबन्दीमध्ये ८ जना कार्यरत रहेका छन्।

    मन्त्रालयको तुलनात्मक रुपमा पाँचौ, छैठौं र सातौं कर्मचारीको पदपूर्ति सबभन्दा बढि ५७.७ प्रतिशत र नवौं तहका कर्मचारीको पदपूर्ति सबभन्दा कम ११.६ प्रतिशत रहेका छन्। प्रदेश अन्तर्गत चिकित्सकहरुको जम्मा दरबन्दी १ सय ८४ मध्ये करार बाहेक जमम्मा ३२ जना कार्यरत छन्। जुन स्वीकृत दरबन्दीको १७.४ प्रतिशत रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...