News Portal

पर्साका सहकारीले चर्को मुल्यमा अनुदानको मल बेच्दै

८२० पटक

वीरगञ्ज – पर्साका ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुले अनुदानको मलमा मनपरी मूल्य निर्धारण गरेको पाइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेको वीरगञ्जस्थित कार्यालयबाट सरकारी अनुदानको मल लगेर कृषि सहकारी संस्थाहरुले ग्रामीण क्षेत्रमा चर्काे मूल्यमा बेच्ने गरेका हुन् ।

कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जबाट अहिले सहकारीहरुले ७ सय रुपैयाँ प्रतिबोरामा खरिद गरेर लगिरहेका छन् ।

ग्रामीण क्षेत्रमा लगेर ८ सय देखि ८ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । अहिले किसानले भनेजति मल पनि पाइरहेका छैनन् ।

पर्साको पोखरिया नगरपालिका-८ जगतपुर निवासी बिनोद साह गोढले आफ्नो गाउँमा अनुदानको युरिया मल ८५० रुपैयाँमा बिक्री भैरहेको जानकारी दिए । ‘अलि सस्तो पाइन्छ कि भनेर १२ किलोमिटर धाएर रामनगरी गएँ, त्यहाँ पनि युरिया मल प्रतीबोरा ८५० रुपैयाँ पर्‍यो ।’

पर्साको महुवन, पोखरिया, जगतपुर, रामनगरी, गर्दौल, देवरबाना, बहुवरी, श्रीपुर, रङ्गपुरमा सहकारी संस्थाले मनोमानी तरिकाले मूल्य तय गरेर मल बेचिरहेको स्थानीय किसान बताउँछन् ।

बहुदरमाई नगरपालिका-५ बलिराम पुरका किसान रामजित यादवले पनि महुवनबाट युरिया मल प्रती बोरा ८५० मै खरिद गरेको बताए ।

कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले वीरगञ्जबाट नजिकका क्षेत्रमा भन्दा भिश्वा, जानकीटोला, सेढवा लगायत अलि टाढा दर बढी हुनु स्वभाविक भएको बताए ।

उनले मूल्य बढ्नुमा सहकारीको मात्रै दोष नरहेको ठोकुवा गरे । ‘कम्पनीले हामीलाई कहिले ४० बोरा, कहिले ६० बोरा, सय बोरा मल दिन्छ, कहिले त ट्याक्टर जान्छ त्यसै फर्केर पनि आउँछ,’ उनले भने, ‘ट्याक्टरमा १ सय ४० बोरासम्म ल्याउन सकिन्छ । एक पटकमा १ सय ४० बोरा ल्याउन पाए भाडा खर्च बच्छ, किसानलाई अलि सस्तोमा दिन सकिन्थ्यो ।’

उनले कतिपय संस्थाहरुले बदमासी गरेर व्यापारीहरुलाई बिक्री गरेको जानकारी संघमा पनि आएको बताउँदै उनले संघले सहकारीहरुको अनुगमनसमेत गरिरहेको जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले सहकारीलाई प्रतिबोरा ७ सयका दरले युरिया मल दिइरहेको छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने आपूर्ति व्यवस्थापन समितिलाई मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिइएको हुन्छ ।

सम्बन्धित निकायबाट अनुगमन न भएकोले कृषि सहकारीहरुको मनोमानी बढेको र किसान मारमा परेको खुवाप्रसौनी गाउँपालिका वडा नं ५ का किसान हरिचरण साह गोढले गुनासो गरे । ‘अलिकति मलको अभाव हुने वित्तिके मनलाग्दी भाउ लिन्छन्, सरोकारवाला निकायलाई कुनै मतलब नै हुँदैन,’ उनले भने, ‘त्यसैले गर्दा किसान मारमा परिरहेको छ । ‘

कृषि सामाग्री कम्पनी लिमिटेड वीरगञ्ज क्षेत्रीय कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले भने बढी मूल्य लिएको गुनासो कार्यालयमा नआएको बताए ।

‘हामीले डिलरहरुलाई युरिया ७ सय रुपैयाँमा दिएका छौं, सहकारी सञ्चालक समितिले चलनचल्तीको भाडा र लोड अनलोड खर्च जोडेर मूल्य निर्धारण गर्ने हुन् । ७ सय ५० देखि ७ सय ६० रुपैयाँसम्म बिक्री हुन्छ,’ सूचना अधिकारी केसीले भने, ‘बिक्री गरेको परिमाण र दरसहित खुलाएर वडाबाट प्रमाणित गरेर कागजपत्र ल्याएपछि मात्रै अर्कोपटक मल दिने गरिएको छ ।’

भनेको जति नपाएकोले अलि बढी मूल्य लिएको हुनसक्ने बताउँदै उनले मूल्य चर्को लिएको उजुरी आएको खण्डमा छानबिन गरेर समान नदिने डिलरसिप खारेज गर्नेसम्म कारबाही हुने चेतावनी दिएको अनलाइनखबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...