News Portal

एम्बुलेन्समै दुई जना कोरोना संक्रमितको मृत्यु

हिमालीसंचार संवाददाता
३२७ पटक

मोरङ – बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।होम आइसोलेसनमा बस्दै आएका इटहरीका वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा विराट मेडिकल अस्पताल ल्याउने क्रममा मृत्यु भएकोअस्पताल प्रशासनका पदम बिनाडीले बताए।

तीन दिनअघि कोरोना संक्रमण दखिएको वृद्ध मधुमेह, उच्च रक्तचाप र दमका दीर्घरोगी रहेको उनले बताए।

यस्तै, नोबेल अस्पतालमा दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका सिरहाको सुखिपुर–२ का ५५ वर्षीय परुषको स्वाब परीक्षण गराउँदा बिहीबार कोरोना पोजिटिभ आएपछि शुक्रबार विराट मेडिकल अस्पतालको आइसोलेसनमा रिफर गरिएको थियो।

सिरहा र इटहरीका एम्बुलेन्समा आएका दुवै जनालाई एम्बुलेन्सबाट ओराल्ने क्रममा चिकित्सकले मृत अवस्थामा फेला पारेको बिनाडीले बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...