News Portal

एम्बुलेन्समै दुई जना कोरोना संक्रमितको मृत्यु

हिमालीसंचार संवाददाता
३६२ पटक

मोरङ – बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।होम आइसोलेसनमा बस्दै आएका इटहरीका वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा विराट मेडिकल अस्पताल ल्याउने क्रममा मृत्यु भएकोअस्पताल प्रशासनका पदम बिनाडीले बताए।

तीन दिनअघि कोरोना संक्रमण दखिएको वृद्ध मधुमेह, उच्च रक्तचाप र दमका दीर्घरोगी रहेको उनले बताए।

यस्तै, नोबेल अस्पतालमा दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका सिरहाको सुखिपुर–२ का ५५ वर्षीय परुषको स्वाब परीक्षण गराउँदा बिहीबार कोरोना पोजिटिभ आएपछि शुक्रबार विराट मेडिकल अस्पतालको आइसोलेसनमा रिफर गरिएको थियो।

सिरहा र इटहरीका एम्बुलेन्समा आएका दुवै जनालाई एम्बुलेन्सबाट ओराल्ने क्रममा चिकित्सकले मृत अवस्थामा फेला पारेको बिनाडीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...