News Portal

  • काठमाडौ उपत्यकामा २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण

    हिमालीसंचार संवाददाता
    ५३२ पटक

    काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ७ सय ४७ ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन्। सोमबार काठमाडौंमा ६ सय ४९ ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको थियो।

    यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्।

    यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले मंगलबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...