News Portal

सिन्धुलीमाडीका निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क मिनाहा गर्न थाले

हिमालीसंचार संवाददाता
४५९ पटक

सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले नयाँ शैक्षिक सत्रको सुरुको पाँच महिनाको शुल्क नलिने भएका हुन् । यहाँका सिद्धस्थली, न्यू सिद्धस्थली, आधुनिक, सिद्धबाबा, न्यू इंग्लिस, सूर्योदयलगायत एक दर्जनजति बोर्डिङ स्कुलले शुल्क छुट दिने जनाएका छन्।

सदरमुकाममा रहेको भगवती अंग्रेजी माविले भदौ मसान्तसम्मको शुल्क मिनाहा गरेको छ । लकडाउनपछि अनलाइन कक्षा चलाए पनि अभिभावकको चाहनाबमोजिम शुल्क मिनाहा गरेको विद्यालय सञ्चालक रमाकान्त सुवेदीले बताए।

सरकारले लकडाउन अवधिको शुल्क निर्धारणको जिम्मा सम्बद्ध स्थानीय तहहरूलाई दिएको छ । अभिभावक भेलामा गर्दा चार महिनाको शुल्क मिनाहा हुनुपर्ने माग उठे पनि एक महिनासमेत थपेर पाँच महिनाका छुट दिने निर्णय भएको भगवती माविले जनाएको छ।

‘अनलाइन कक्षा भइरहेको थियो, तैपनि केही छुट देलान् भनेर भेलामा कुरा उठाएको, सबै शुल्क पो मिनाहा गरिदिए,’ अभिभावक गोविन्द कोइरालाले भने, ‘यो शुल्क मिनाहले हामी अभिभावकलाई धेरै सहयोग भएको छ ।’ अनलाइन कक्षामा चाहिने ल्यापटप, मोबाइल, नेटलगायत सामग्रीमा गरेको खर्च शुल्क मिनाहले परिपूर्ति भएको उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...