News Portal

सिन्धुलीमाडीका निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क मिनाहा गर्न थाले

हिमालीसंचार संवाददाता
४०६ पटक

सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले नयाँ शैक्षिक सत्रको सुरुको पाँच महिनाको शुल्क नलिने भएका हुन् । यहाँका सिद्धस्थली, न्यू सिद्धस्थली, आधुनिक, सिद्धबाबा, न्यू इंग्लिस, सूर्योदयलगायत एक दर्जनजति बोर्डिङ स्कुलले शुल्क छुट दिने जनाएका छन्।

सदरमुकाममा रहेको भगवती अंग्रेजी माविले भदौ मसान्तसम्मको शुल्क मिनाहा गरेको छ । लकडाउनपछि अनलाइन कक्षा चलाए पनि अभिभावकको चाहनाबमोजिम शुल्क मिनाहा गरेको विद्यालय सञ्चालक रमाकान्त सुवेदीले बताए।

सरकारले लकडाउन अवधिको शुल्क निर्धारणको जिम्मा सम्बद्ध स्थानीय तहहरूलाई दिएको छ । अभिभावक भेलामा गर्दा चार महिनाको शुल्क मिनाहा हुनुपर्ने माग उठे पनि एक महिनासमेत थपेर पाँच महिनाका छुट दिने निर्णय भएको भगवती माविले जनाएको छ।

‘अनलाइन कक्षा भइरहेको थियो, तैपनि केही छुट देलान् भनेर भेलामा कुरा उठाएको, सबै शुल्क पो मिनाहा गरिदिए,’ अभिभावक गोविन्द कोइरालाले भने, ‘यो शुल्क मिनाहले हामी अभिभावकलाई धेरै सहयोग भएको छ ।’ अनलाइन कक्षामा चाहिने ल्यापटप, मोबाइल, नेटलगायत सामग्रीमा गरेको खर्च शुल्क मिनाहले परिपूर्ति भएको उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...