News Portal

असफल राज्य व्यवस्थाको परिणाम व्यक्तिवाद !

प्रदिप सुनुवार
७८७ पटक

हरेक मुलुकले आफ्नो राज्यमा सुशासन, कानुन, शान्ति सुरक्षा, विकास, स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी यी सम्पुर्ण कुराहरूलाई कार्यन्वन गर्न राज्य व्यवस्थाको स्थापना गरिएको हुन्छ। यसको कार्यकारी पदमा कुनै मुलुकमा राजा, कतै प्रधानमन्त्री र रास्ट्रपति हुने गरेको छ।

इतिहासका धेरै प्रकारको व्यवस्थाबाट सुदृढ हुँदै आजको स्थितिसम्म आएको मानव समाज। नेपालमा पनि धेरै व्यवस्थाहरु परिवर्तन गर्दै लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासम्म आइपुगेको छ। आज भन्दा लगभग ७० वर्ष अघि राजनीतिक स्वतन्त्रता र प्रजातन्त्रको निम्ति आन्दोलन गरिएको थियो।

आज जनताले मतदान गरेर जनताबाट नै राज्य संचालन गर्ने कार्यकारी व्यक्ति चयन गर्ने प्रणालीको विकास प्राप्त भएको छ। हिजो त्यो अवस्था थिएन, राज्य प्रमुख वशंजको आधारमा हुने प्रणाली थियो। सदनदेखि सडकसम्म जनता नै छ तर, पनि नतिजा भने उहीँ पुरानै आएको देखिन्छ।

जनताले आफ्नो शासक चुन्नु पाउनु पर्छ अनि मात्र मुलुकको मुहार फेरिन्छ। साथै जनताको गरिबी, अशिक्षा, स्वास्थ्य, रोजगारी, स्वतन्त्रता, समानता सबै पाइन्छ भन्ने आशा थियो। यो त केबल एक कल्पनाको क्षतिज जस्तै भएको छ।

यो सम्पुर्ण कुरा हुनुको कारण यहाँ व्यवस्था परिवर्तन गर्ने नाममा पटक – पटक टाउको परिवर्तन गरियो। यसको सम्पुर्ण शरीर फेर्ने काम भएन। यस कारणले गर्दा व्यवस्था र व्यक्ति जति परिवर्तन गर्दा पनि परिणाम त्यही नै आइरहेको छ।

राणाकालीन पद्धति र प्रणालीको जगमा नै संघीय लोकतान्त्रिक गणतन्त्र उभिएको छ। संयन्त्रहरु पुराना थोत्रा नै रहेको छ। परिवर्तन त टाउको मात्रै भएको छ भन्ने अनुभुती नहुदा सबै परिवर्तन भएको भ्रममा यहाँ सम्पुर्ण नेपाली बाच्नु परेको छ।

“यो संसार आजसम्म चलिरहनुको कारण परिवर्तन र गतिशिलतालाई स्विकार्नु नै हो। हिजो उत्कृष्ट थियो, आज त्यो भन्दा झन उत्कृष्ट छ, भविष्यमा अति उत्कृष्ट हुनेछ। किनकी यो प्रकृति र विज्ञानको नियमले पनि देखाएको छ।”

जब राज्य व्यवस्था असफल हुन्छ, त्यहाँ व्यक्तिवाद हावी हुन्छ। यस कारण सामाजिक चिन्तन व्यवस्था प्रती नभई व्यक्ति केन्द्रित हुन जान्छ। व्यक्ति मुख्य हो र उहाँ नै ईश्वर हो भन्ने भ्रमको विकास भएको देखिन्छ। समाजले व्यक्तिको चरीत्र निर्माण गर्ने हो न कि व्यक्तिले समाजको चरीत्र निर्माण गर्ने होइन।

व्यक्ति कहिले पनि मुख्य हुदैन व्यक्ति त त्यो समाजको आवश्यकता परिस्थिति अनुरुप देखिने पात्र हुन। वर्तमान नेपाल पनि यस्ता किसिमको घटनाहरु निरन्तर देखिन पाएको छ। हामी व्यक्तिलाई असल बनाउने बाटोमा भन्दा खराबलाई कसरी दण्डित गर्ने भन्ने कानुनको निर्माण गर्न समय खर्चेका छौ ।

जब समाजमा खराब मानिस नभएपछि त्यो नियम कानुनको आवश्यकता नै परेन नि। व्यवस्था सहि ढंगबाट चल्यो भने यो व्यक्ति सहि र अर्को गलत भन्नू पर्ने आवश्यकता पर्दैन। प्रणाली सहि भयो भने त्यहाँ जो जादा पनि सहि नै हुन्छ।

आज व्यवस्थाको प्रणाली र पद्धतिमा समस्या भएको हुँदा यस्तो प्रकारको प्रवृत्ति देखिएको हो। कोहि व्यक्तिगत स्वार्थ कम भएको व्यक्ति त्यहाँ रहदा राम्रो काम गर्न सक्ने र अर्को व्यक्तिगत स्वार्थ ज्यादै भएको व्यक्ति हुँदा राम्रो काम नहुने देखिन्छ। व्यक्तिवाद पुजीवादी व्यवस्थामा पनि देखिने गुण हो तर, यहाँ मैले भन्न् खोजेको व्यक्तिवाद राज्य व्यवस्था कमजोर हुँदा देखिने व्यक्तिवाद हो।

हामीले एक व्यक्तिलाई नै निरपेक्ष तहबाट सोच्नु गलत हुन्छ। यो संसार आजसम्म चलिरहनुको कारण परिवर्तन र गतिशिलतालाई स्विकार्नु नै हो। हिजो उत्कृष्ट थियो, आज त्यो भन्दा झन उत्कृष्ट छ, भविष्यमा अति उत्कृष्ट हुनेछ। किनकी यो प्रकृति र विज्ञानको नियमले पनि देखाएको छ।

मानव सभ्यताको शुरूवातबाट वर्तमानसम्म अध्यन गर्दा पनि छर्लङ्ग हुनेछ। व्यक्तिले गरेको सहि कामको सम्मान र पुरस्कृत गर्नुपर्छ। यसको मतलब त्यो एक व्यक्ति भन्दा अरुमा सम्भावना खोजिएन भने गलत त्यहाँ नै हुन्छ। हामीले महान वैज्ञानिक सर आइ ज्याक न्युटनले जति आविष्कार गरेका थिए।

यो नै अन्तिम हो र यो भन्दा उत्कृष्ट आविष्कार केही हुन सक्दैन भन्ने सोचाइमा बसेको भए हामी न्युटनको यान्त्रिक सिद्धान्तमा नै हुन्थ्यो होला। तेस्तो प्रकारको गल्ती नभएको कारणले गर्दा आइन्स्टाइनको सापेक्षताको सिद्धान्त र धेरै वैज्ञानिकहरुको आविष्कार क्वान्टम सिद्धान्त, परमाणु सिद्धान्त, क्रमविकासको सिद्धान्त, एकीकृत सिद्धान्त हुँदै स्टिफन हकिंसको ब्याल्क होलको खोजसम्म आइपुग्ने स्थितिको सिर्जना हुदैन थियो।

त्यसैले गर्दा हाम्रो परिस्थिति र आवश्यकता अनुसार ती महान व्यक्तिहरुको जन्म हरेक युगले प्राप्त गर्दछ। जस्तो समाजको चिन्तन हुन्छ जस्तो समाजको विकास हुन्छ त्यहीँ अनुसारको व्यक्तिहरु हामीले पाउछौ।

~ प्रदिप सुनुवार
हाल: काठमाडौं।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...