News Portal

  • दैलेखमा बिकृति र बिसंगतीका बिरुद्ध तिज गित प्रतियोगिता

    हिमाली संचार संवाददाता
    ८८२ पटक

    कृष्ण प्रसाद अधिकारी 
    दुल्लु – दैलेखको दुल्ल नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

    समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्याम बनाएर सबैलाइ बिकृति र बिसंगगि बारेमा सन्देस दिने तथा यसको अन्त्य गर्नमा सबैको पहुज पु¥याउने उद्देश्यले एक दिने तिज गित प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

    तिज गित प्रतियोगितामा स्वागत मन्तब्य दिदै नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि धनश्याम भण्डारीले समाजमा भएका कुपर्था, कुस्कार, कुरिति, किकृति र बिसंगतिलाई चिरफार गदै सब्य समाज बनाउन दुल्लु नगरपालिका लागी रहेको र यस्था समाजमा रहेका समस्यालाई गित नाटक र अन्य यस्तै बिधाबाट जनचेतना जगाउनु पर्ने कुरा बताउँनु भएको थियो। यस्तै कार्यक्रमा रेडियो दुल्लु एफ.एम १०१.५ मेगाहर्ज दुल्लको अध्यक्ष सिता रानाले पहिलेका तिज गित र हरिलेका तिज गित फरक भएपनि अहिलेको समयमा समाजमा विद्यमान विकृति विसंगतीका विरुद्धमा लाग्न र त्यसको न्युनिकरणको लागी यस्ता जनचेतनामुलक कार्यक्रमहरु गर्नेगरेको बताउनुभयो ।

    कार्यक्रमको अवसरमा संक्षिप्त प्रतिक्रिया दिदैै शहिद पुर्ण स्मृति प्रतिस्ठान दैलेखका अध्यक्ष रत्न शाहिले तिजको पुर्वसन्ध्यामा गरिएको तिजगित प्रतियोगिताले महिलाहरुमा हुने सामाजिक विकृति विसंगति न्युनिकरण नै यस प्रतियोगिताको मुलउद्धेश्य रहेको बताउनु भयो ।

    करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा जम्मा १२ वटा प्रतिस्पर्धी टिमहरु उपस्थीत भएकोमा बिजया माविको जिया समुह प्रथम, हरीयाली आमा समुह दितिय, बरपिपल आमा समुह तृतिय र देउती बाल शुलर्भ क्लवले सान्तोना स्थान हासिल गरेका छन् । यीनिहरु सबैलाई आर्कषक पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...