News Portal

शिक्षामा राष्टियकरणको पक्षमा मन्त्रीहरु छैनन् अनेरास्ववियूका सहअध्यक्ष- रञ्जित तामाङ

हिमाली संचार संवाददाता
६०१ पटक

काठमाडौं -अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले शिक्षको राष्ट्रियकरण गर्नुहुँदैन भन्नेहरुको ठुलो सँख्या नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा भएको बताएका छन् ।

रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार तामाङले अहिलेको सरकारले शिक्षा क्षेत्रमा केही पनि गर्न नसकेको बताए ।

शिक्षमा राष्ट्रियकरणको त कुरा छाड्दिनुस्, यो सरकारले सामान्य सुधार पनि गर्न सकेन ।

उनले भने शिक्षा राष्ट्रिय राष्ट्रियकरण गर्नुहुँदैन भन्ने आज सबैभन्दा ठुलो जनशक्ति नै नेकपामा छ । शिक्षामा राष्टियकरणको पक्षमा मन्त्रीहरु छैनन् ।

सहअध्यक्ष तामाङले भने । उनले यो सरकारले शिक्षामा कायाकल्प गर्ने भन्दै उच्चस्तरीय शिक्षा आयोगको राष्ट्रिय सम्मेलन गरेपनि त्यसको प्रतिवेदन अहिलेसम्म थन्काएर राखेको बताए ।

सार्वजनिक शिक्षाको स्तरोन्नती र राष्ट्रियकरण र दुई प्रकारको शिक्षा प्रणाली अन्त्य गर्ने आशा यो सरकारबाट पूरा नहुने तामाङको भनाई छ ।

शिक्षा क्षेत्रमा २० प्रतिशत भन्दा बढी सरकारले नछुट्याएको पनि उनले बताए । प्रधानमन्त्रीदेखि मन्त्री र नेकपाकै धेरै सांसदका नीजि कलेजहरु रहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...