News Portal

शिक्षामा राष्टियकरणको पक्षमा मन्त्रीहरु छैनन् अनेरास्ववियूका सहअध्यक्ष- रञ्जित तामाङ

हिमाली संचार संवाददाता
६६५ पटक

काठमाडौं -अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले शिक्षको राष्ट्रियकरण गर्नुहुँदैन भन्नेहरुको ठुलो सँख्या नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा भएको बताएका छन् ।

रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार तामाङले अहिलेको सरकारले शिक्षा क्षेत्रमा केही पनि गर्न नसकेको बताए ।

शिक्षमा राष्ट्रियकरणको त कुरा छाड्दिनुस्, यो सरकारले सामान्य सुधार पनि गर्न सकेन ।

उनले भने शिक्षा राष्ट्रिय राष्ट्रियकरण गर्नुहुँदैन भन्ने आज सबैभन्दा ठुलो जनशक्ति नै नेकपामा छ । शिक्षामा राष्टियकरणको पक्षमा मन्त्रीहरु छैनन् ।

सहअध्यक्ष तामाङले भने । उनले यो सरकारले शिक्षामा कायाकल्प गर्ने भन्दै उच्चस्तरीय शिक्षा आयोगको राष्ट्रिय सम्मेलन गरेपनि त्यसको प्रतिवेदन अहिलेसम्म थन्काएर राखेको बताए ।

सार्वजनिक शिक्षाको स्तरोन्नती र राष्ट्रियकरण र दुई प्रकारको शिक्षा प्रणाली अन्त्य गर्ने आशा यो सरकारबाट पूरा नहुने तामाङको भनाई छ ।

शिक्षा क्षेत्रमा २० प्रतिशत भन्दा बढी सरकारले नछुट्याएको पनि उनले बताए । प्रधानमन्त्रीदेखि मन्त्री र नेकपाकै धेरै सांसदका नीजि कलेजहरु रहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...