२०७७ साउन २९, बिहीबार
काठमाडौं – वर्तमान परिस्थितिले विश्व हतास भएको छ। कुनैपनी देशले यसको वास्तविक समाधान निकाल्न सकेको छैन। विश्वका अति विकसित मुलुकहरू पनि समाधानको खोजीमा नै तलिन छन तर यसको उत्तर दिन असमर्थ भएका छन। आजसम्मको मानव इतिहास नै यो महामारीले आजको विज्ञानलाई ठुलो चुनौती खडा गरिदिएको छ।
विश्वभरको अर्थतन्त्र लथालिङ्ग अवस्थामा पुगेको छ। ठुला ठुला पुजीवादी राष्ट्रहरुको गर्जन पनि आजभोलि मलिम हुँदै गएको छ। नेपाल जस्तो मुलुक झन कस्तो हालतमा छ त्यो हामी सबैले अनुभव गरिरहेका छौ। नेपालमा पनि यो महामारी सुरुआत भएको लगभग ५ महिना भैसकेको छ। हाम्रो देश जो हरेक कुरामा परनिर्भर छ। यो देशको लागि त झनै विकराल परिस्थिति हो।
यसमा सरकार कति चिन्तित छ भन्ने कुरा उनीहरुको व्यवहारले स्पष्ट पारेको छ। सरकारले केही गरेको जस्तो गरिरहेको मात्र छ। जुन तहमा जनताप्रती उत्तरदायित्व हुनुपर्ने थियो त्यो भएको छैन। जनता आज रोग र भोक शीत लड्नुको विकल्प छैन। एकातर्फ सरकारमा रहेका नेताहरू सत्ताको खिचातानी मै मस्त देखिन्छ।
वर्तमान सरकार विगतलाई देखाएर आज असल बन्नेचेष्टा गर्दैछ। जनताले दिएको दुईतिहाइ बहुमत प्राप्त सरकार आफुभित्र अल्पमतमा परेको देखिन्छ। सरकारको भासण, आश्वासन, सपना सधै जनता प्रति नै समर्पित गरिन्छ। व्यवहारमा भने चाहिँ यी कुरा रत्तिभर देखिदैन।
नेपालमा ७० वर्ष लामो राजनीतिक यात्राको क्रममा जनताले पाउनु भन्दा धेरै कुरा गुमाएका छन। यसक्रममा जनता सामु बाडिएका प्रजातन्त्र, समाजवाद, बहुदलीय जनवाद, साम्यवादको सपना यथार्थमा नै सपना बनेको छ।
नेपाली जनताको स्तर जहाँको त्यहीँ नै छ मात्र नेताहरुको स्तर उन्नति भएको छ। के आज नेपाली जनताले प्रजातन्त्रको महसुस गर्न पाएका छन। जनताको हितमा केही कानुन लेखिएका होलान् तर त्यो व्यवहारमा देखिएको छैन। यहाँको कानुनले कसको हितमा न्याय गर्छ भनेर धेरै घटनाले स्पष्ट पारेको छ भनी राख्नु पर्दैन त्यो हामीले भोग्दै देख्दै आएको छौ।
चुनाव जित्न कै लागि जनतालाई सपनाको सागर देखाएर आफू सत्तामा पुगेपछि त्यो सपनाको सागरलाई मरुभूमिमा परिवर्तन गरिदिने अभिलाषा राजनीतिक दलमा हुदोरहेछ। आज जनतालाई केही भौतिक विकासका काम देखाएर जनतालाई रनभुल्ल पार्न खोजिन्छ।
केही चिल्लो सडक, विद्युत सेवा, पुल, गगन चुम्भी भवन के यहि हो प्रजातन्त्र, समाजवाद, बहुदलीय जनवाद, साम्यवाद। राजनीतिक दलहरूले शब्द वास्तविक अर्थ नबुझेको त हैन होला। हरेक युगले परिवर्तन गेरेर नयाँ व्यवस्थामा सहज जीवन जिउने जनताको आश आशामा नै बितिसकेको छ। जनताको स्वास्थ्य, शिक्षा, रोजगारीको विषयलाई लिएर राज्य कत्तिको गम्भीर छ त।
जनता जनजीवन शीत राज्यको सामीप्य कत्तिको छ भन्ने कुरा हामीले भोगिरहेका छौ। विभिन्न वाद सिद्धान्तको जालोमा जनतालाई पोको पार्ने काम मात्र भएको छ। आज विकासको नाममा जे गर्यो भनेर भनिएको छ यो हिजोका निरंकुश भनिएको राजतन्त्रको भन्दा विभिन्न छैन।
जुन समय आफू सत्तामा नहुदा संसदीय व्यवस्थाको घोर विरोध गर्दै यो व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो भन्नेहरु आज उ आफू के को मासु बेचिरहेको छ। यदि यहाँ हामी नेपाली जनता राज्यमा छौ र हाम्रो सरकार छ भने यसको अनुभुती जनता लाई दिलाउने कोसिस होस। जनताले सहन शक्ति गुमाए पछि तिम्रो सत्ता फाल्न पनि जनता धेरै समय लाग्दैन। जनता दिएको मतको कदर गर सरकार।
आलोचना र विरोध मात्रै हैन व्यवहारमा पनि गरिदेखाउने होकि सरकार। अरु समयको भ्रष्टाचार त भयो यस्तो अवस्थामा पनि जनताको रगत पसिना चुस्न पछि परेने सर्वहारा वर्गको सरकार। बहुमतको तिम्रो सरकार छ कसले रोकेको छ जनताको हित गर्न। आज नेपाली जनता वास्तविक जीवन भन्दा बढी उसलाई राम राज्यको चिन्ता बढी छ।
सरकार यथार्थमा भन्दा धेरै कथामा बाच्ने र कथामा नै बचाउने कोसिस गरिरहेको छ। सरकारलाई जनताको भन्दा कुर्सी प्रति औधी माया प्रेम छ। उ आफ्नो कुर्सी जोगाउनु हरेक अस्त्र प्रयोगमा जुटिरहेको छ। जनताको कुन अवस्था बाट गुज्रिरहेको छ उसलाई के मतलब। जनताले न हिजो न आज रेल, जहाज मागेका थिए त्यो तिम्रो मन्त्र थियो वास्तमै जनता आज आफ्नो जीवन मागिरहेको छन।
– प्रदीप सुनुवार, काठमाडौं।