News Portal

हेर्नूहोस आज साउन २५ गते आइतबारको राशिफल

हिमाली संचार संवाददाता
५४० पटक

वि.सं.२०७७ साल साउन २५ गते आइतबार, सन् २०२० अगस्ट ९ तारीख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यात्राको साइत जुर्न सक्छ। तर, समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। श्रमअनुसार फाइदा कमै हुने देखिन्छ। प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। साँझतिर स्थिति अनुकूल बन्नेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ काम थाल्न पनि सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझदेखि खर्च बढ्नाले आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रोकिएको काम बन्नाले उत्साहित भइनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर आए पनि उपलब्धिका लागि संघर्ष गर्नुपर्ला। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। फाइदा नभए पनि समुदायको हक हित हुने काम गर्न सकिनेछ। सामाजिक जिम्मेवारी समेत प्राप्त हुने समय छ। साँझतिर विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ। साँझतिर पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि स्वास्थ्य कमजोर बन्नुका साथै काम बिग्रने भयले सताउनेछ। उपलब्धि न्यून हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ। साँझतिर व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान पाइनेछ र आकर्षक उपहारले उत्साहित भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। कर्मक्षेत्रमा परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा समेत उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूको माध्यमले रोकिएका काम बनाउन सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार पनि प्राप्त हुनेछन्। तर अरूको मुख ताक्ने बानीले समस्या पर्नेछ। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूको माध्यमले रोकिएका काम बनाउन सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार पनि प्राप्त हुनेछन्। तर अरूको मुख ताक्ने बानीले समस्या पर्नेछ। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन सामान्य अवसर पाइनेछ। तर महत्त्वाकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन सक्छ। आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला। सोख र हडबडीले केही समस्या निम्त्याए पनि व्यक्तित्वमा निखारता आउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। साँझदेखि खर्च बढ्ने सम्भावना छ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...