News Portal

भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना

हिमाली संचार संवाददाता
६५२ पटक

२०७७ साउन २३, शुक्रबार
दिल्ली – भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ। एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटनामा भएको हो।

उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उद्दारकार्य जारी रहेको छ। क्षतिको विवरण भने आइसकेको छैन। केही व्यक्तिहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएकाे छ। दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने नभएको बीबीसी हिन्दीले जनाएको छ।

घटनालाई लिएर भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधीले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...