News Portal

वीपीको विचारले बचाएको नेपाली कांग्रेस !

प्रदीप सुनुवार
६१६ पटक
२०७७ साउन २०, मंगलवार

नेपाली कांग्रेस नेपाली राजनीति इतिहासमा विरासत बोकको पार्टी हो। सात दशक भन्दा बढी लामो राजनीतिक यात्रा तय गरिसक्दा उसले आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको छ। राजनीति दल भनेको एउटा सैद्धान्तिक विचारलाई बोकेर त्यसलाई व्यवहारमा लागू गर्ने उदेश्यका साथ हिडेको हुन्छ।

आज यो पार्टी वैचारिक तह बाट मुल्यांकन गर्दा शुन्य अवस्थामा देखिन्छ। उसले नत वीपीको विचारलाई व्यवहारमा ल्याउन सके भने नत त्यसमा केही रुपान्तरण गर्न नै सक्षम देखियो। वीपीले जुन समयमा कांग्रेसको राजनीति शुरूवात गर्दै गर्दा यो पार्टीले जनताको धेरै सपनाहरु बोकेको थियो। 

विचारमा पनि यो पार्टी शीत स्पष्ट धारण थियो त्यो हो प्रजातान्त्रिक समाजवाद। वीपीले नेपालको माटाे सुहाउँदो समाजवादको परिकल्पना गरेका थिए। त्यो समाजवाद त्यो समयको जनताको लागि सुहाउँदो र आवश्यकता पनि थियो। वीपी स्वयंम पनि आफ्नो जीवन जनताको जस्तै सरल राख्न चाहन्थे।

आज सात दशक बितिसक्दा पनि हामी वीपीको समाजवादलाई जनताको माझ जबर्जस्त थोपर्ने कोसिस गरिरहेका छौ। आज नेपाली कांग्रेस आफै भित्रको आन्तरिक द्वन्दमा चुर्लुम डुबेको अवस्थामा छ। त्यसकारण उसलाई समय नै छैनकी वैचारिक स्थानमा हामी कहाँ छौ भनेर। 

जति थेग्नु वीपीको विचार र आदर्शले कांग्रेस आज यहाँ सम्म आएको हो। अब पनि कांग्रेसले आफुलाई सैद्धान्तिक वैचारिक तह बाट सच्याउने कोसिस गर्दैन भने कांग्रेसको समाप्ति धेरै पर छैन। वर्तमान परिवेश अनुकुल आफुलाई बदल्न नसक्नु भनेको इतिहासको डाइनोसर बन्नुको विकल्प हुदैन।

मौका पटक – पटक आउदैन यो १४औ महाधिवेशन कांग्रेसको अन्तिम मौका हो। यो महाधिवेशनले सहि नेतृत्वको छान्न सकेन भने पार्टी अन्तिम चरणको समाप्तिको बाटोमा पुग्नेछ। नयाँ नेतृत्वले पार्टीलाई सैद्धान्तिक र वैचारिक हिसाबमा पुर्ण -जागृत गराउने पर्ने ठुलो चुनौती आएको छ। 

पार्टी भित्र अन्तरसंर्घष हुनु आवश्यक छ तर त्यो नकारात्मक नभइ सकारात्मक तरिका बाट हुनु जरुरी छ। पार्टीले मेरो मान्छे उसको मान्छे भन्दा पनि जनताले रुचाएको संक्षम मान्छेलाई अघि सार्ने संस्कृतिको विकास हुनु पर्‍यो। नेताहरुले पनि कहिले पनि कार्यकर्ताहरुलाई दास बनाउन खोज्ने र कार्यकर्ताहरु पनि भक्त बन्ने प्रचलनलाई पनि हतोत्साहित बनाउदै जानुपर्छ।

“हामीले वीपीको विचारलाई निरपेक्ष ढंगबाट बुझ्ने प्रयास नै गलत भएको छ। सिद्धान्त विचारहरुलाई सापेक्षिक तरिकाले बुझ्नुपर्छ। वैज्ञानिक सिद्धान्तहरु पनि एक समय, एक काल खण्ड सम्म निरपेक्ष  हुन्छन। अर्को समयमा त्यो सापेक्ष भएर गएको देखिन्छ। अर्को कुरा परिवर्तन भनेको प्रकृतिको नियम हो। यो नियम पालना गर्नु नै आफ्नो अस्तित्व यहाँ जीवित राख्नु हो।”

हामीले विश्व राजनीतिक घटना क्रमलाई मध्यनजर गर्दा। माक्र्सले प्रतिपादन गरेको सिद्धान्त सोभियतमा कसरी लागू गरियो। त्यही सिद्धान्तलाई चीनमा माओले कसरी लागू गरे भन्ने उदाहरण पनि देख्न सकिन्छ। माक्र्सले जुन समय स्थानको लाई मुल्यांकन गरेर त्यो सिद्धान्तको निर्माण गरे अर्को समय र स्थानमा त्यो हुबहु लागू हुदैन तर त्यसको आधारभुत कुरा भने रहिरहन्छ। 

माक्र्सवादले पनि समाजवादको गन्तव्यमा पुग्न उत्पादनलाई नै मुख्य मानेको देखिन्छ। वीपीले पनि किसानलाई उत्पादन शीत जोड्ने विषयमा नै समाजवादको प्रयास गरेको देखिन्छ। उत्पादन बिना समाजवाद असम्भव छ यसमा दुई मतनै छैन। निष्कर्ष उत्पादन नै हो किन कांग्रेसले उत्पादनमुखी कार्यक्रममा जोड दिन सकेन यो पनि ठुलो प्रश्न कांग्रेस माथि उठ्नु स्वभाविक हो।

वर्तमान विश्वमा सूचना प्रविधिले फड्को मारेपनि यसको आधारभुत तहमा न्युटनको यान्त्रिक सिद्धान्त रहेकोे छनी। अब पनि नेपाली कांग्रेसलाई वीपीले बचाउन सक्ने स्थिति छैन। अब नेपाली कांग्रेसले आफुलाई बचाउन आफैले संघर्ष गर्नुपर्छ।

आजको स्थितिमा नेपाली कांग्रेसको सामु धेरै प्रश्न चिन्ह खडा भएको छ। आज सम्म नेपाली कांग्रेसले भनेको समाजवाद कस्तो हुन्छ यो कसरी प्राप्त गर्न सकिन्छ यो आजको जनता सामु स्पष्ट तरिकाले बुझाउनु सकिएको छैन। 

कम्युनिस्टले भन्ने गरेको समाजवाद र कांग्रेसले भन्ने गरेको समाज कुन कति कारणले भिन्न छ यो बुझाउनु जरुरी छ। सत्तामा कांग्रेस पुगेपछि गर्छ भन्ने आशा जनताले कसरी गर्ने। हिजोको दिनमा काङ्ग्रेसले गर्‍यो र के गर्न सकिएन यदि सकिएन भन्ने त्यसको कारण जनता सामु राख्नुपर्छ। 

सधै अरु माथी गलत आरोप मात्र लगाए आफ्नो राजनीतिक अस्तित्व बचाउन सकिदैन। अरु गलत प्रवृत्तिले हामीलाई सहि बनाउदैन भन्ने कुरा काङ्ग्रेसले बुझ्नु जरुरी छ। कम्युनिस्टले यो देश डुबाएको छ भनेर कांग्रेसले जनमत प्राप्त गर्दैन। 

कांग्रेसले यो भ्रष्ट कम्युनिस्टको विकल्पको रूपमा अघि सर्नु पर्‍यो। खिचातानीको राजनीति भन्दा माथी उठेर एकले अर्को अस्तित्व स्वीकार गर्न सक्नु पर्‍यो। वीपीले भन्नु भएको थियो समाजवाद आजको समयमा कतिको सान्दर्भिक छ त्यो कांग्रेसले बुझ्नु आवश्यक छ। वीपीको सिद्धान्तमा विकास गर्न आवश्यक भएको छ। नेपाली कांग्रेसले सैद्धान्तिक र वैचारिक विषयलाई प्राथमिकता नराख्दा कांग्रेसको अवस्था यस्तो भएको हो।

प्रदीप सुनुवार, हाल काठमाण्डौ 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...