
काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको” उनकै युटुब च्यानल मार्फत आज सार्वजनिक गरेकी छिन् ।
धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोको कृष्ण कुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् ।
पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिंग भने सेवा रेकर्डिङ अनामनगर काठमाण्डौमा मास्टरिङ मिक्सिंग मुस्कान मुकारुङले गरेका हुन । धनकुटाको तम्मोर दोभान वरीपरीको दृश्यवलोकन देख्न सकिने म्युजिक भिडियो राज बान्तावा राईले छायांकन गरेका हुन् । जस्तो सुकै गीतमा सहजै आवाज दिन सक्ने गायिका जुनी खालिङ राईले गायक सचेत एवाई राई संग यो गीतमा आवाज दिएकी हुन् ।
“कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो” जस्ता चर्चित गीतमा आवाज दिएकी मिठो स्वरकी धनी गायिका राईले पछिल्लो समय गीतका लागि समय अनुकूल नहुदा समय मिलाउन समस्या परिरहेको हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन् ।
भिडियो हेर्नुस्
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
