News Portal

दुई करोडको भैसीं खरिदबारे छानविन

हिमाली संचार संवाददाता
६४५ पटक

२०७७ साउन १८, आइतबार
गोविन्द केसी/दैलेख – नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानविन सुरु गरिको हो। भैसीं खरिद प्रकृया र किसान छान्ने क्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा परेको जनाईएको छ।

असारमसान्तमा दुध चिस्यान केन्द्र स्थापना र भैसी खदिरमा २ करोड ४ लाख रकम खर्चिएको थियो। उक्त कार्यक्रम पाउने सहकारीले पनि साँझेदारमा खर्च गरेको छ।

पशु सेवा कार्यालय, तथा पशु अस्पताल दैलेखले १ करोड, नारायण नगरपालिकाले ४० लाख, कृषि विकास विकास कार्यालय मार्फत अति विपन्न वर्गको (लक्षित वर्ग विशेष)बाट ४० लाख र कार्यक्रम पाएको राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले २४ लाख रुपैँया खर्चिएको थियो।

जसमा दुध चिस्यान केन्द्र स्थापना तथा सामान खरिद, भैसी खरिद, ढुवानी, भैसी विमा, भकारो सुधार, लगायतका शिर्षकमा उक्त रकम खर्चिएको सहकारी संस्थाले जनाएको छ।

सहकारी मार्फत नारायण नगरपालिकाका ३, ४, ५, ६, ७ र ११ नम्वर वडाका १ सय २१ जना किसानलाई ढुवानी भाडाँ बाहेक प्रति भैसी १ लाख १० हजारमा रुपैँयामा भैसी दैलेख सदरमुकाम सम्म ल्याएको थियो।

सचिवस्तरिय निर्णयले भैसी कर्णाली प्रदेशबाट किन्नुपर्ने नियम रहेको छ। जिल्ला तथा प्रदेशभित्रबाट खरिद गरेर ढुवानी तथा कस्तो मुल्य हालेर विल बढी बनाएको आरोप समेत लगाईएको छ।

पशु सेवा अस्पतालबाट चिस्यान केन्द्र स्थापना तथा दुध ब्यवसाय भनेर कार्ययोजना सहित ५ वटा सहकारीले प्रस्तावना हालेका थिए। जसमा १ वटा सहकारीले काम गर्ने स्विकृती पाएको थियो।

स्थलगत अध्यायन गरेर चिस्यान केन्द्र र भैसींमा लगानी भएको गरिएको पशु सेवा कार्यालयका निमित्त प्रमुख भिमबहादुर विष्टले बताए। सहकारीका अनुसार नगरपालिकाले प्रतिवद्धता गरेको रकम रकमान्तर गरेर दिनुपर्ने भएकाले आएको छैन्।

नारायण नगरपालिकाले भाद्रसम्म पैसा दिने प्रतिवद्धता गरेको जनाईएको छ। वडाध्यक्षको अध्यक्षतामा बसेको बैठकले किसान छानेको र नारायण नगरपालिकालाई दुध र दहिमा आत्मनिर्भर बनाउने उद्देश्य बोकेकोले रिसका भरमा उजुरी गरिएको पशु सेवा कार्यालय तथा पशु अस्पतालका निमित्त कार्यालय प्रमुख भिमबहादुर विष्टले बताए।

दुध चिस्यान केन्द्र स्थापनामा २५ लाखको सामान, चिस्यान केन्द्रको घर निर्माण ८ लाख, भैसी ढुवानी, विमा, भकारो सुधार लगायतका शिर्षकमा रकम खर्च गरिएको जनाईएको छ।

दैलेख दहिका लागि प्रख्यात भएपनि दहि, दुध अभाव हुन थालेपछि यस्तो कार्यक्रम ल्याईएको सहकारीका अध्यक्ष खमबहादुर थापाले बताए।

नगरपालिकामा दुध र दहि जति बेला पनि उलपब्ध गराउने उद्देश्यका साथ कार्यक्रम पारदर्शिताका साथ गरेपनि कार्यक्रम पाउँदा प्रतिस्पर्धी सहकारीले मुद्दामामिला गरेर बदनाम गर्न खोजेको अध्यक्ष थापाले बताए।

भैसीं खरिदमा मुल्य बढी, दोहोरो परेको लगायतका विषयमाथि छानविनका लागि उजुरी परेकाले छानविन भईरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...