News Portal

महानगरमा सार्वजनिक बस चल्यो, यात्रुका कारण घाटामा बस

हिमाली संचार संवाददाता
४११ पटक
२०७७ साउन ८, बिहिवार

काठमाण्डौ – झण्डै चार महिनापछि बन्दपछि महानगर भित्र यातायातले बुधबारदेखि आफ्नो सेवा सुरु गरेको छ। लकडाउन अघि ४९ वटा बसहरु खचाखच हुने महानगर यातायातले अहिले १२ वटा मात्रै चलाउँदा पनि सिटहरु खाली हुने गरेको छ।

गाडीको अहिलेको कमाइले इन्धन र स्टाफ खर्च मात्रै पुगेको महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपालले जानकारी दिए।

‘पहिले हाम्रा चालकले एउटा गाडीको दैनिक खर्च कटाएर ५ हजार दिन्थे। हिजो सबैजसो गाडीले १५ सय देखि १८ सय सम्म दिए। यो पैसा स्टाफलाई भत्ता, लुब्रिकेन्ट, टायर लगायत हिसाव गर्दा हातमा लाग्यो शून्य छ। अझ गाडीको किस्ता को त कुरै नगरौ,’ उनले भने।

अहिले गाडी चलाएमा क्रमिक रुपमा यात्रुको आवत–जावत बढ्ने र पछिको लागि माहोल बन्ने उनको भनाइ छ। अहिले नाफा नभएपनि सेवा दिइएको उनले बताए।

‘गाडी चलाउदा कम्तीमा स्टाफले काम पाए र यात्रुमा सार्वजनिक यातायात सुरक्षित छ भन्ने सन्देश पनि जान्छ। यो हाम्रै लागि राम्रो हो,’ नेपालले भने। सरकारी लगानी रहेको साझा यातायातको हालत पनि उस्तै छ।

२६ वटा बसबाट सेवा दिइरहेको साझा यातायातले दैनिक खर्चको आधा मात्रै आम्दानी गरिरहेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

‘साझाको पहिलो प्राथमिकता भनेको त सेवा हो। नाफाकै कुरा गर्ने हो भने हाम्रो सञ्चालन खर्च पनि उठेको छैन,’ पाण्डेका अनुसार  ‘त्यस्तै हामीले यात्रु र स्टाफको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएका छौँ।

गाडीलाई दैनिक निर्मलीकरण गर्छौं, प्रत्येक यात्रुलाई सेनिटाइजर लगाइदिन्छौ, स्टाफलाई प्रोटेक्टिभ उपकरणहरु प्रदान गरेका छौँ, त्यही भएर पनि हाम्रो सञ्चालन खर्च केही बढेको छ।’

उता, रिङ्ग रोडमा ४ वटा बिजुली बस संचालन गरिरहेको सुन्दर यातायातले पनि किस्ता तिर्न सक्नेगरी पनि कमाई नभएको जनाएको छ। ‘एउटा गाडीले दैनिक औसत ३ हजारसम्म आम्दानी गरेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

अहिले देशभरीकै सार्वजनिक यातायातको अवस्था दयनीय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।

‘म आफैं पनि दिनभर फिल्डमा निरीक्षणको लागि हिँडे। अफिस आवरमा केही यात्रु देखिए पनि अरु बेलामा ३/४ जना यात्रु बोकेर पनि हिँड्नुपर्ने अवस्था छ,’ उनले भने।

भोलिको दिनको लागि माहोल बनाउन पनि व्यवसायीहरुले घाटा खाएर सेवा दिइरहेको उनको तर्क छ।‘अहिले हामीले गाडी चलायौं भने बजार बिस्तारै चलायमान हुन्छ र स्थिति सुध्रदै जान्छ। केही हप्ता हेरौँ, अवस्था सुध्रन्छ भन्ने हाम्रो आशा छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...