News Portal

साइकल चोरेरै भक्तपुरमा तीन तले घर, साइकल चोर्ने नया तरिका

हिमाली संचार संवाददाता
५४४ पटक
२०७७ साउन ४, आइतबार

काठमाण्डौ । सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हिरासतमा छन् । बानेश्वर प्रहरी वृतको पार्किङमा महँगा साइकल देख्न सकिन्छ । सुरेश र ती साईकलबीच खास सम्बन्ध छ । ती साइकल सुरेशले चोरेर जम्मा गरेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका असामान्य छ । लकडाउन शुरु भएपछि काठमाण्डौ र  भक्तपुरमा साइकल चोरी ह्वात्तै बढ्यो । अपराध महाशाखाको चोरी नियन्त्रण गर्ने शाखाका अनुसन्धान अधिकारी चोर पत्ता लगाउन लागि परे । चोरी भएका ठाउँका सिसीटिभी फुटेज जम्मा पारेर विश्लेषण गरे ।

सिसीटिभी फुटेजका आधारमा हुलिया पहिचान गरेर महाशाखाबाट खटिएको टोलीले थापागाउँबाट सुरेशलाई पक्राउ गर्यो । चोरीको साइकलमा घुमिरहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘लामो अनुसन्धानपछि साइकल चोरीमा संलग्न सुरेशलाई पक्राउ गरेका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने, ‘आरोपीले महँगो मूल्यका साइकल चोरेर वर्कशपमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’

चोर्ने तरिका सुरेश भक्तपुर बस्छन्, च्याम्हासिंहमा उनको घर छ । विहान घरबाट निस्कँदा उनी पैदल निस्कन्छन् । साथमा दुईवटा पेचकस हुन्छ । त्यही पेचकसको सहायताले पार्किङ गरेर राखिएका साइकलको लक खुस्काउँछन्, अनि त्यही साइकल चढेर हिँड्छन् ।

नयाँ र महँगा साइकल उनको निशानामा पर्ने गरेको छन् । प्रहरीले उनले चोरेको ८ वटा साइकल बरामद गरेको छ । ती साईकल ७० हजार देखी २ लाख मूल्यसम्मका छन् ।

लकडाउन शुरु भएपछि शंखमुलबाट सुरेशले २ लाखको साइकल सजिलै चोरे । सिसीटिभी फुटेजमा देखिएअनुसार पार्किङ गरेर राखेको सो साइकलको लक खुस्काउन पेचकसको सहायताले उनले केहीमिनेट मात्रै लगाउँछन्, अनि चढेर हिँड्छन् ।

चोरेरै तीन तले घर – सुरेश ४४ बर्षका भए । भक्तपुरको च्याम्हासिंहमा रहेको उनको घरको तेस्रो तल्ला धमाधम फिनिसिङ हुँदै  छ । लामो समयदेखि काठमाडौँ उपत्यकामा साइकल चोर्ने सुरेशले चोरेरै घर बनाएको प्रहरीको भनाइ छ ।

लामो समयदेखि चोरीमा संलग्न सुरेशले आफ्नो घर देखाउन निकै आनाकानी गरे । तर, प्रहरी दबाबको सामु उनको केही लागेन । जब उनले आफ्नो घर देखाए, अनुसन्धानमा संलग्न प्रहरी नै छक्क परे ।

‘च्याम्हासिंहमा तीन तले घर बनाएको देखिन्छ,’ एसपी कार्की भन्छन्, ‘सुरेश साइकल चोरीमा लामो समयदेखि संलग्न छन्, घर बनाउने आय स्रोत अरु देखिँदैन ।’

साईकलचोरीका ‘मास्टरमाइन्ड’ खोज्न महाशाखाको चोरी अनुसन्धान शाखालाई लामो समय लाग्यो । ६ महिनाको खोजीपछि सुरेशलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

चोरेका साइकल उनले भक्तपुर नगरपालिका–९ मा लक्ष्मी सुन्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा लगेर बेच्थे । १ लाख ५० हजार मूल्य पर्ने साइकल उनले ८ देखि १५ हजारसम्म बेच्ने गरेको महाशाखाले जनाएको छ । वर्कशपमा चोरीको साइकलका २४ वटा लक फेला परेको छ ।

निलो ज्याकेट – काठमाण्डौ उपत्यकाका धुरन्धर साइकल चोर ६ महिनादेखि महाशाखाको खोजी सूचीमा थिए । तर, पक्राउ परेका थिएनन् । असार ३० मा उनी थापागाउँमा साइकल चढेर हिँड्दै गर्दा सादा पोशाकका प्रहरीको आँखामा ठोक्कियो–‘निलो ज्याकेट ।’

धुलो छेक्न साइकल, मोटरसाइकलमा हिँड्दा लगाइने त्यही ज्याकेटको क्लूबाट ६ महिनाको प्रयासपछि समातिए रमेश माझी उर्फ सुरेश । कालो क्याप र बाँधेको लामो कपाल उनको हुलिया थियो ।

तीनकुने स्थित भ्याली रिकेश सप्लायर्स पेट्रोल पम्प नजिकैबाट साइकल चोरेको सिसीटिभी फुटेजमा देखिएको ‘निलो ज्याकेट’को हुलियाको आधारमा प्रहरीले प्रहरीले उनको खोजी गरिरहेको थियो ।

सुरेशले चोरेको साइकलकिन्ने ‘सुन्दर मोटरसाइकल वर्कशप’ सञ्चालक लक्ष्मी सुन्दर वासुलाई पनि प्रहरीले पक्रेर चोरी मुद्दा चलाएको छ । राजेश भण्डारीले रातो पाटीमा लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...