News Portal

खेलाडीहरुले देशको इजत, प्रतिष्ठा र शान बढाएका छन्- मुख्यमन्त्री राई

हिमाली संचार संवाददाता
५९६ पटक
२०७७ साउन १, बिहिवार

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । खेलकुद क्षेत्र नयाँ ढङ्गले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो ‘हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।’ तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं. १ का खेलाडीहरुको सम्मानमा प्रदेश सरकार प्रदेश नं. १ को तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

खेलाडी देशको इजत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताए । मन्त्री राईले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने सङ्कल्प प्रदेश सरकारले लिएको बताएका छन् । मन्त्री राईले ‘खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ ।’ खेलाडीहरुलाई व्यवसायीक ढङ्गबाट अगाडि बढ्न समेत आग्रह समेत गरेका थिए । ‘तपाईंहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन’ मुख्यमन्त्री राई । खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नुहुने मन्त्री राईको धारणा थियो ।

यसैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशाको रुपमा लिनु पर्ने धारणा राखेका थिए । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविको पार्जनको माध्यम रुपमा समेत लिनुपर्ने बताए ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरुको बैङ्क खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मानसमेत गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए ।

कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट हौसला बढेको प्रतिक्रिया दिएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...