News Portal

बेलायतले ५० मुलुकका पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खारेज

हिमाली संचार संवाददाता
३४० पटक
२०७७ आशाढ १९, शुक्रवार

एजेन्सी । नोवेल कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट बेलायत प्रवेश गर्ने पर्यटकका लागि यही जुलाई १० तारिखदेखि क्वारेन्टिन व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रवार जानकारी गराएको छ ।

तर अमेरिकाका लागि भने यो व्यवस्थालाई निरन्तरता दिइएको छ । यद्यपि स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ ।

बेलायतका यातायात मन्त्री ग्र्यान्ट शेप्सले भने, ‘विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको जानकारी गराए ।’

शेप्सले भने, ‘प्रवेशका लागि खुला गरिएका ५० मुलुकहरूको विवरण शुक्रबार नै सरकारले उपलब्ध गराउनेछ ।’ सरकारले कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणाली अन्तर्गत रातो, पहेँलो र हरियो रङमा विभक्त गरी सोही अनुसार जोखिम न्यूनीकरणका उपायको अवलम्वन गर्ने बताएको छ ।

हरियो र पहेँलो रङमा परेका मुलुकबाट इङ्ल्याण्ड आउँदा सेल्फ-आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ । बेलायतभन्दा कम प्रभावित मुलुकलाई हरीयो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताए ।

पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटाली र स्पेनलगायतलाई विदामा इङ्ल्याण्ड आउन खुला गरिएको छ । त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका छन् । तर संयुक्त राज्य अमेरिका र ग्रीसजस्ता देशबाट गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका भएपनि ति मुलुकबाट बेलायत आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...