News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गर्नुहोस् आज आइतबारको राशिफल

    हिमाली संचार संवाददाता
    ६९१ पटक

    वि.सं.२०७७ साल असार १४ गते आइतवार, सन् २०२० जुन २८ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आउनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। मिहिनेत गर्दा केही राम्रो परिणाम पनि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ। नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा उपलब्धिका स्रोत पहिल्याउन सकिनेछ। चुनौती र व्यवधानहरू पार लाग्नेछन्। मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। शुभचिन्तकहरूले पनि राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइने समय छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका आफन्तजनसँग पुन: भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति र अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    प्रतिकृया दिनुहोस्

    ‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

    काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट...

    गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

    काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी...

    बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

    पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको...

    राष्ट्र बैंकमा गभर्नरको स्वागतसँगै पौडेलको पहिलो निर्णय : एक हजार र पचास रुपैयाँका नोट छपाइ प्रक्रिया सुरु

    काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको स्वागत कार्यक्रम सम्पन्न भएसँगै...

    महँगो हुँदै सुनचाँदी: आजको नयाँ दर कति?

    काठमाडौं, जेठ ७ – देशभरका सुनचाँदी कारोबारीहरूका लागि आजको दिन चकित बनाउने खालको रह्यो। मंगलबारसम्म...